मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काबुल आक्रमणमा घाइते भएका थप एकको मृत्यु, मृतकको संख्या १३ पुग्यो

बुधबार, ०८ असार २०७३, २२ : ५२
बुधबार, ०८ असार २०७३

काठमाडौं– सोमबार भएको काबुल आक्रमणमा गम्भीर घाइते भएका नुवाकोटका च्याङ्बा तामाङको उपचारको क्रममा आज मृत्यु भएको छ । योसँगै आक्रमणमा मारिने नेपालीको संख्या १३ पुगेको छ ।

च्याङ्बाको अफगानिस्तानस्थित अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि घटनामा काठमाडौँका चन्द्रबहादुर रानामगर, विदुरबहादुर सुवेदी क्षेत्री, हरिबहादुर बरुवाल क्षेत्री, नुवाकोटका लिलबहादुर गुरुङ, डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला, लमजुङका अमितबहादुर थापा, चितवनका कृष्णबहादुर ढुङ्गाना, स्याङ्जाका सुकबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिह थापा, पर्वतका नवीनबहादुर क्षेत्री र सुनसरीका अकुर तामाङको ज्यान गएको थियो । उनीहरुको शब आजमात्रै सरकारले काठमाडौं ल्याएको थियो । आक्रमणमा घाइते भएका ६ मध्ये ५ जनाको दिल्ली र एक जनाको अफगानिस्तानमै उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप