मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

इटालीलाई स्तब्ध बनाउँदै आयरल्याण्ड अन्तिम १६ मा, स्वीडेन बाहिरियो

बिहीबार, ०९ असार २०७३, ०८ : ००
बिहीबार, ०९ असार २०७३

पेरिस — रोबी ब्राडीले खेलको अन्तयतिर गरेको नाटकीय गोलको मद्दतले रिपब्लिक अफ आयरल्याण्डले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । नकआउट चरणका लागि जित आवश्यक रहेको आयरल्याण्डले गोलका लागि खेलको ८५ औं मिनेट सम्म पर्खनु परेको थियो । युरोपियन च्याम्पियनसीपको नकआउटमा आयरल्याण्ड प्रवेश गरेको यो पहिलो अवसर हो । पराजय बावजुद इटाली समूह ईको शीर्ष स्थान ओगट्दै अर्को चरणमा प्रवेशमा गरेको छ । सोमबार इटलीले स्पेनको सामना गर्नेछ । उता, बेल्जियमले स्वीडेनलाई पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । राज्डा नाइनगोलानको एक मात्र गोलको मद्दतले बेल्जियमले स्वीडेनलाई पराजित गरेको हो । पराजयसँगै समूहको पुछारमा रहँदै स्वीडेन प्रतियोगिताबाट बाहिरिएको छ । योसँगै स्वीडेनका ज्लाटान इब्राहिमोविचको अन्तर्राष्ट्रिय करियरको पनि अन्त्य भएको छ । उनले युरो पछि सन्यासको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप