मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बेलायतको भाग्यको फैसला आज : युरोपेली युनियनमा रहने/नरहने बारे जनमतसंग्रह हुँदै

बिहीबार, ०९ असार २०७३, १२ : ५६
बिहीबार, ०९ असार २०७३

लण्डन – युरोपेली युनियनको सदस्यका रुपमा रहने वा नरहने विषयमा बेलायतमा ऐतिहासिक जनमतसंग्रह शुरु भएको छ । करिब ४,६४,९९,५३७ जनसंख्याले यस जनमतसंग्रहमा भाग लिने अनुमान गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान राती १० बजे बन्द हुनेछ ।

बेलायतको इतिहासमा यो तेस्रो राष्ट्रव्यापी जनमत संग्रह हो । करिब चार महिनाको अभियानपछि युरोपेली युनियनमा रहन चाहने र त्यसको विरोधमा रहेकाहरुबीच मतदानबाट फैसला हुनेछ ।

जनमतसंग्रहको मतपत्रमा ‘के बेलायत युरोपेली युनियनको सदस्यको रुपमा कायम रहनुपर्छ या छाड्नुपर्छ ?’ भनेर प्रश्न गरिएको छ ।

खसेको मत मध्ये आधाभन्दा बढी मत ल्याउनेलाई विजयी घोषणा गरिनेछ ।

मतदानपछि सबै ब्यालट बक्सलाई संकलन गरेर मतगणना स्थल लगिने छ । त्यहाँ ३८२ स्थानमा त्यसको गणना गरिनेछ ।

हालसम्म दुवै पक्षबीच झिनो अन्तर रहेको छ । जनमतसंग्रहअघि गरिएको सर्वेक्षणमा छाड्ने पक्षमा ४२ र रहनुपर्नेमा ४८ प्रतिशत जनता रहेको देखाएको छ । तर, ११ प्रतिशतले अझै अनिर्णित रहेको बताएकाले यही मत महत्वपूर्ण हुने आँकलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप