मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गुण्डा नाइकेमाथि प्रहरीले गोली हान्यो

बिहीबार, ०९ असार २०७३, १४ : ०४
बिहीबार, ०९ असार २०७३

काठमाडौं– गुण्डा नाइके 'जसवन्त' भन्ने पूर्ण राईलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । उनलाई  खुट्टामा दुई राउण्ड गोली लागेको छ भने प्रहरीले घाइते अवस्थामा बीर अस्पताल पुर्याएको छ ।

जबरजस्ती रकम उठाउने गरेको उजुरीका आधारमा पक्राउ गर्न बानेश्वर पुगेको  महानगरीय अपराध महाशाखाको टोलीमाथि राई उल्टै जाइलागेपछि प्रहरीले गोली प्रहार गर्दा उनी घाइते भएका हुन् ।

उनलाई नियन्त्रणमा लिन खोज्दा उल्टै जाइलागेपछि गोली चलाइएको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए । उनको घुँडा र तिघ्रामा दुई गोली लागेको छ ।

राई यसअघि पनि ज्यान मुद्दामा  सजाय भुक्तान गरिसकेका व्यक्ति भएको बताइएको छ  ।

उनी कालिमाटी, कलङ्कीदेखि बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्ने र फिरौती उठाउने कार्यमा संलग्न रहेको बताइएको छ । उनी बाफलमा बस्दै आएका थिए ।

फोटो : अशोक दुलाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप