मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सासू बुहारीबीचको झगडापछि सासूको मृत्यु

बिहीबार, ०९ असार २०७३, १५ : ३३
बिहीबार, ०९ असार २०७३
लहान - सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्री देवी दनुवार रहेको प्रहरीले जनाएको छ । स्थानीय ४० वर्षीया राजुदेवी दनुवार र उहाँकी सासू ६५ वर्षीया समुन्द्रीदेवी दनुवारबीच घरायसी विषयमा झगडा भएको र झगडापछि समुन्द्रीदेवीको मृत्यु भएको स्थानीयवासीलाई उद्धत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ । घटनाबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप