मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अनलाइन निर्देशिकाको विरोध गर्दै सञ्चारमन्त्रीका सल्लाहकारद्वारा राजीनामा

बिहीबार, ०९ असार २०७३, १६ : २८
बिहीबार, ०९ असार २०७३

काठमाडौं– सरकारले हालै ल्याएको अनलाइन निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै सञ्चारमन्त्री शेरधन राईका प्रेस सल्लाहकार मातृका पौडेलले राजीनामा दिएका छन् । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको उक्त निर्देशिका निर्माणमा आफूसँग कुनै छलफल नै नभएको भन्दै उनले आफूपनि एक श्रमजीवि पत्रकार भएकाले नैतिकताको आधारमा पदमा बसिरहन उचित नदेखिएकाले राजीनमा दिएको बताए । निर्देशिकामा अनलाइनहरुले संविधानले बर्जित गरेको विषयबस्तु छापे अबरुद्ध पार्न सकिनेसम्मको व्यवस्था गरिएको छ । सो व्यवस्थाको अहिले सरोकारवालाहरुले तीब्र विरोध गर्दै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप