मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अनियन्त्रित राँगोले सहिदगेटमा बबाल मच्चायो

बिहीबार, ०९ असार २०७३, १६ : ४९
बिहीबार, ०९ असार २०७३
काठमाडौं–त्रिपुरेश्वरबाट सुन्धारातर्फ एउटा अजंगको राँगो बुर्कुसी मार्दै सडकै सडक दौडिदै आएको देखेपछि पैदलयात्रीहरु मात्रै होइन मोटरसाइकलमा सबारहरु पनि सडकमै त्यत्तिकै सवारी छाडेर सुरक्षित स्थानतिर दौडिए। यसरी बिहिबार दिउँसो करीब साढे एक बजेतिर एकाएक अनियन्त्रित रागो सडकैसडक हुँदै दौडिएसँगै त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तब्यस्त बन्न पुग्यो । सो क्रममा राँगाले हानेर केहि सर्वसाधारण सामान्य घाइते समेत भएको बताइएको छ । पछि राँगालाई महानगरपालिकाका कर्मचारीहरुले नियन्त्रणमा लिएका थिए । राँगा कहाँबाट त्यसरी आयो भन्ने खुल्न नसकेपनि टेकु आसपासका क्षेत्रमा बधशाला भएको र त्यही काट्ने क्रममा विच्किएर भागेको हुन सक्ने बताइएको छ । तस्बीर सौजन्यः इकान्तिपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप