मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बाँसबाट निर्मित सामाग्री बेचेरै मनग्य आम्दानी

बिहीबार, ०९ असार २०७३, १७ : ०६
बिहीबार, ०९ असार २०७३
सल्यान – सल्यान घाँजरीपिपल वडा न २ का जुद्ध बहादुर डाँगीले बासँबाट निमार्ण हुृने विभिन्न सामाग्री निमार्ण गरी मनग्य आम्दानी गर्दै आइरहेका छन् । बाँसबाट निमार्ण हुने छिटनी, झापी, पुजा सामाग्री राख्ने टोकरी, डोको, अन्न राख्ने भकारी लगायतका सामाग्री निमार्ण गरेर आम्दानी गर्दै आइरहेका छन् । ६५ वर्षीय डाँगीले मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्दै आइरहेका हुन् । गाँउबाट एक घनाको ३०० का दरले बाँस किनेर पनि विभिन्न सामाग्री निमार्णबाट राम्रै आम्दानी भईरहेको डाँगीले बताए । उनले भने, ‘बाँस, अन्य घर खर्च कटाएर महिनामा १५ हजार जति बचाएदै आइरहेको छु ।’ निमार्ण गरिएका सामाग्रीहरुको आकार अनुसार ३ सय देखि एक हजारसम्ममा विक्रि गर्ने गरेको डाँगीले बताए । वाउबाजेले गर्दै आइरहेको पराम्परागत पेशामा अंगाल्दै आइरहेको बताउदै उनले बाँसबाट निमार्ण गरेका सामाग्री धेरै टिक्ने र आर्कषक समेत हुने बताए । बजारको विकाससँगै प्लाष्टिकका सामाग्री घरदैलोमै आइपुग्दा आफ्नो पुख्यौली पेसा संकटमा पर्छकी भन्ने चिन्ताले छाएको उनले बताए । बासँबाट बनेका भन्दा प्लाष्टिका सामाग्री सस्तो पनि पर्ने भएकाले पहिलेको भन्दा उत्पादन भएका सामाग्री कम विक्रि हुदै गईरहेको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप