मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बालुवा निकाल्दा सडक भासियो

बिहीबार, ०९ असार २०७३, १७ : १३
बिहीबार, ०९ असार २०७३

रामेछाप– रामेछाप जिल्ला रस्नालु गाविसको धारापानीस्थित खिम्ती खोलाको किनारबाट बालुबा निकाल्दा सडक भासिएको छ । रामेछाप जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकाम मन्थली र रामेछाप जिल्लालाई दोलखाको जिरीसँग जोड्ने उक्त सडकमुनी रहेको खिम्ती खोलाको किनारमा बालुवा निकाल्दा करिब ३० मिटर सडक भासिएको हो । सडक भासिएपछि सवारी आवतजावतमा समेत समस्या भएको छ । सो सडक भएर साना ठूला गरि दैनिक ७० भन्दा बढी सवारी साधानहरु आवतजावत गर्दछन् । सो नदि किनाराबाट निकालिएको बालुका गिटी रामेछाको, ठोसे, चुचुरे हुँदै बाम्तीसम्म लैजाने गरिएको स्थानीयले बताएका छन् । जिल्ला विकास समिति रामेछापका प्राविधिक हरिसचन्द बरालले स्थानीयले बालुवा चोरेर बच्चे गरेको बताए । उनले भने–यहाँ बालुवा निकाल्ने अनुमति छैन, यहाँका स्थानीयले अवैध रुपमा बालुवा चोरी गरेर बेचेको पाइएको छ । बालुवा भइरहेको चोरीलाई जिल्ला विकास समितिले नियन्त्रण गर्नुपर्ने प्राविधिक बरालले बताए । बालुवा गिटीमा भइरहेको चोरीलाई नरोक्ने हो भने सडक खोलामा झरी सडक पूर्ण रुपमा अवरुद्ध हुने अवस्थामा छ । सो सडक अवरुद्ध भएमा रामेछापको उत्तरी क्षेत्रका एक दर्जभन्दा बढी गाविस र दोलाखा जिल्लाको चिरी आसपासका बासिन्दाहरु यातायात सेवाबाट प्रभावित हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप