मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

इटहरी डुबाउने शेरा खोलालाई नियन्त्रणमा ल्याइने

बिहीबार, ०९ असार २०७३, १७ : २०
बिहीबार, ०९ असार २०७३

इटहरी – केही दिन अघी परेको अविरल बर्षाका कारण पूर्वको जनजिवन अस्तव्यस्त बन्यो । पूर्वको उदयमान शहरको रुपमा चिनिएको इटहरी अलि बढी बाढीको मुख्य चपेटामा प¥र्यो । इटहरीको शिर माथिबाट बग्ने शेरा खोलाको बाढी नियन्त्रण गर्न नसक्दा इटहरीवासीका लागि वर्षौ देखिको टाउको दुखाईको विषय बनेको छ ।

शेरा खोलामा आउने बाढीका कारण इटहरीमा ठुलो क्षती पुग्ने गरेको छ । मंगलवार इटहरी उत्तरबाट बग्ने शेरा खोलाको पानी इटहरीमा प्रवेश गरे पछि इटहरीवासी त्रसित बने ।

अहिले इटहरीवासीले उक्त खोला नियन्त्रण गर्न दिर्घकालिन योजना ल्याउनु पर्ने बताएका छन् । इटहरीका राजनीतिक दलका प्रमुखहरुले समेत खोला निरिक्षण गर्दै सम्भावित जोखीम स्थलहरुको पहिचान गरी तारजाली लगाउन माग गरेका छन् ।

उनिहरुले खोलाको दीर्घकालिन तटवन्धनका लागि नेपाल सरकार समक्ष सहयोगको माग गरेका छन् ।

इटहरी उप–महानगरपालीकाले अहिले तत्काललाई खोला नियन्त्रण गर्ने अल्पकालिन उपाय अवलम्बन गरेको छ । जमिनको सतह भन्दा खोलाको सतह अग्लो रहेका कारण बाढीले बगाएर ल्याएको ढुँगा, बालुवा तथा गिटि किनारा लगाउने प्रयत्न गरेको हो ।

इटहरी उप–महानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले खोलाको दिर्घकालिन तटबन्धन निर्माणका लागि नेपाल सरकारले ठुलै योजना ल्याउनु पर्ने बताए । उनले विभिन्न निकायमा आफुले सहयोग माग्नु पर्ने काम गरिरहेको बताउँदै इटहरीको भविष्य जोगाउन पनि शेरा खोलामा बाँध बाध्नुपर्ने आवश्यकता रहेको बताए ।

शेरा खोला थुन्नकै लागि इटहरी उप–महानगरपालीकाले गत आर्थिक वर्षमा मात्रै ३० लाख बढी खर्च गरीसकेको छ । लगातारको वर्षाले शेरा खोलाको पूर्वी तटबन्धन भत्काउदै बाढीको रुपमा इटहरी टेंग्रा खोलामा मिसिन थालेको स्थानीयहरुले बताएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप