मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकाको बीस चोकमा ट्राफिक आइल्यान्ड निर्माण

बिहीबार, ०९ असार २०७३, १७ : ३५
बिहीबार, ०९ असार २०७३

काठमाडौँ - काठमाडौँ उपत्यकाको बीस वटा चोकमा ट्राफिक पोष्ट (आइल्यान्ड) निर्माण गरिएको छ ।

उपत्यकाको पुतलीसडक, पद्यमोदयमोड, चक्रपथ, नयाँ बानेश्वर, दरबारमार्ग, कलङ्की, त्रिपुरेश्वर, कालिमाटीलगायतका चोकमा आइल्यान्ड निर्माण गरिएको हो ।

दिगो सहरी विकास आयोजनाको सहयोग तथा काठमाडौँ महानगरपालिका र सडक विभागको सहकार्यमा उक्त आइल्यान्ड निर्माण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिए । उनले भने – “सडकमा भीडभाड नभएको बेलामा एकछिन् भए पनि ट्राफिकलाई आराम गर्ने वातावरण आइल्यान्ड निर्माणले मिलेको छ ।”

उक्त आइल्यान्डमा मोबाइल फोनलाई चार्ज गर्नका लागि सोलारको समेत व्यवस्था मिलाइएको छ भने ट्राफिकको पानी परेको बेला लगाउने कपडा र पानी राख्ने ठाउँसमेत छ ।

प्रवक्ता मल्लले यसलाई काठमाडौँ उपत्यकाका सम्पूर्ण चोकमा राख्ने वातावरण बनाउन दिगो सहरी विकास आयोजनासँग छलफल गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप