मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टिपरको ठक्करबाट महिलाको मृत्यु

बिहीबार, ०९ असार २०७३, ०६ : ३०
बिहीबार, ०९ असार २०७३

लहान – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–१ स्थित सडकमा आज बिहान टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना६क ६९९० नम्बरको टिपरको ठक्करबाट नाम ठेगाना खुल्न नसकेकी अन्दाजी ५० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर तथा चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप