मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भाईवरद्वारा नेपालमा लगानीको घोषणा

बिहीबार, ०९ असार २०७३, १७ : ३७
बिहीबार, ०९ असार २०७३

काठमाडौं–विश्वभरी ७ करोडभन्दा बढी प्रयोगकर्ता र नेपालमै ४५ लाख सूचीकृत प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको विश्वको अग्रणी मैसेजिङ्ख एप्प भाइवरले, यो वर्षको सुरुवातदेखी नै स्थानीय भाषामा स्टीकरहरु उपलब्ध गराउन थालेको छ ।

नेपालमा टुबोर्गसँगको सहकार्यमा पहिलो स्थानीयकृत स्टिकर परियोजनाको सफलतापछि भाइवरले नेपाली भाषामा आफ्नो पहिलो स्टिकर प्याकको घोषणा गरेको छ ।

पछिल्लो केही वर्ष यता नेपाललाई पनि आफ्नो बजार विस्तारको प्राथमिकतामा राख्दै आएको भाइबरले निकट भविष्यमा नेपालमा एक बृहत् डिजिटल संचार एप्स्को रुपमा स्थापीत हुने भएको घोषणा गरेको छ ।

प्रयोगकर्ताहरुमाझ स्टिकरले सन्देश र सूचना प्रवाह गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको भाइबरको दाबी छ ।

हालै पब्लिक च्याटको आरम्भ गरेको भाइबरले नेपालको बजारमा उल्लेख्य सफलता प्राप्त गर्दै गइरहेो समेत भाइबरले जनाएको छ ।

भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले भनेँ, “पब्लिक च्याटको सफलतापछि हामी हाम्रो ग्राहकमाझ नयाँ अफर ल्याउने निर्णय गरेका छौँ । प्रयोगकर्ताहरुलाई आफ्नै भाषामा भावना व्यक्त गर्न सजिलो बनाउन हामीले नयाँ र विषेश स्टिकर प्याकहरु सुरु गर्ने निर्णय गरेका छौँ । भाइवरका लागी नेपाल एक प्रथमिक बजार भएकोले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक छौँ । ”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप