मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धुर्मुस सुन्तलीलाई कुवेतबाट कोसेली समूहको सहयोग

बिहीबार, ०९ असार २०७३, १७ : ४४
बिहीबार, ०९ असार २०७३
काठमाडौं, असार ९–धुर्मुस सुन्तली फाउण्डेशनलाई कोसेली समुह कुवेतले १२ लाख २८ हजार ८ सय ७२ रुपैँया सहयोग प्रदान गरेको छ । कुवेतमा रहेका नेपालीहरुबाट संकलन गरेर समूहले फाउण्डेशनलाई एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरेको हो । वैशाख १९ गतेदेखि अभियान सुरु गरेको समूहले ३७ दिनमा सो रकम संकलन गरेको अभियानका संयोजक तायानाथ दाहालले जानकारी दिएका छन् । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को कामदेखि प्रभावित भएर उक्त सहयोगका लागि समुहले सक्रियता जनाएको समुहका प्रबन्ध निर्देशक सुजन केसीले बताएका छन् । कुवेतमा संकलन भएको सहयोग रकम संस्थाका पदाधिकारी नवराज पन्थिले फाउण्डेशनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका छन् । एउटा समूहको सक्रियतामा उठेको सहयोगप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले आभार व्यक्त गरेका छन् । दुख गरेर कमाएको पैसा गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गरेकोमा कुवेतबासी नेपालीलाई उनले धन्यवाद दिएका छन् । गिरान्चौरलाई साँच्चीकै नमुना बनाएर देखाउने भन्दै उनले काम अझै तिव्र गतिमा अघि बढीरहेको जानकारी गराएका छन् । यसैबीच, तिलगंगा आँखा केन्द्रले पनि गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १५ लाख रुपैँया सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरेर केन्द्रले धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप