मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आइसिटी स्टार्टअप अवार्डमा छानिए १० कम्पनी

बिहीबार, ०९ असार २०७३, १८ : ०१
बिहीबार, ०९ असार २०७३

काठमाडौं–नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी स्टार्टअप अवार्ड २०१६ को अन्तिम चरणमा १० कम्पनी छानिएका छन् । आइतबार उद्यमी घर बानेश्वरमा आयोजित १५ कम्पनीहरुको प्रेजेन्टेशन र अन्तवार्तापछि निर्णायक मण्डलले उत्कृष्ट १० कम्पनी छानेको हो । आइसिटी स्टार्टअप अवार्ड २०१६ मा उत्कृष्ट १० मा अटाउन सफल कम्पनीहरुमा एमिनेन्स वेज, गुर्खा टेक प्रालि, आइटेक नेपालप्रालि, कुल टेक्नो ल्याब, फुन्का टेक्नोलोजिज, सस्तो डिल प्रालि, स्मार्ट समाज, ह्वाइट स्पेस प्रालि र यल्लो नेपाल रहेका छन् । लिभिङ विथ आइसिटीको चौथो वार्षिकोत्सवको अवसरमा उत्कृष्ट ४ कम्पनी घोषणा गरिनेछ । यसका लागि निर्णायक मण्डलका तर्फबाट प्राप्त अंकका अतिरिक्त अनलाइन र एसएमएस मतलाई समेत आधार मानिएको आयोजकले जानकारी दिएको छ । उत्कृष्ट ४ छान्नको लागि अनलाइन तथा एसएमएस भोटिङको सोमबार बेलुकीदेखि खुल्ला गरिएको छ । अनलाइन तथा एसएमएस भोटिङको समयावधी ३ दिनको रहने आयोजकले जानकारी गराएको छ । भोटिङ परिणामलाइ समेत आधार मानी उत्कृष्ट ४ को घोषणा गरिने निर्णायक समुहका संयोजक सुशील पोखरेलले जानकारी दिए । यसैबीच उत्कृष्ट १० मा पर्न सफल कम्पनीहरुले मंगलबारदेखि अनलाइन र एसएमएस भोट माग्न सक्ने छन् । मन्त्र आइडियाजका संस्थापक अशोक बस्नेतले नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले स्टार्टअपलाई सम्मान गर्ने कार्यक्रम राखेको माधन्य वाददिदै आफ्नो कम्पनीउत्कृष्ट १० मा अटाएको खुसीव्यक्त गरे । त्यसैगरी उत्कृष्ट १० मा पर्न सफल ह्वाइटस्पेसका संस्थापकआशिषआचार्यले आइसिटी स्टार्टअप अवार्डले युवालाई नेपालमै उद्यमशीलतामा लाग्न प्रोत्साहन गरेको भनाइ राख्दै यसको निरन्तरताको कामना गरे । आइसिटी स्टार्टअप अवार्ड २०१६ को निर्णायक मण्डलमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल, सूचना प्रविधि विभागका निर्देशक सुवाष ढकाल, आइसिटी एशोसिएसनअफ नेपालकाअध्यक्ष भेषराजपौडेल, इस्लिङटन कलेजका प्रबन्ध निर्देशक रविफुयाल, क्यान महासंघका केन्द्रीय सदस्य हेमपालश्रेष्ठ, ई–सेवाकासिइओ अस्गर अली र सुष्मित इन्टरशनेश्लका सिएमडी तथाउद्यमी घरकानिर्देशक सुशील पोखरेल रहेका छन् । त्यसैगरी अवार्डको सल्लाहकर समुहमापूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह, प्राध्यापक डा. सुवर्ण शाक्य, क्यानमहासंघका अध्यक्षविनोद ढकाल, इन्टरनेट सेवाप्रदायक संघका पूर्व अध्यक्ष्ँविनयबोहरा रहेका छन् । यस अवार्डका सहयोगहीहरुमासूचनातथा सञ्चार मन्त्रालय, विज्ञान तथाप्रविधिमन्त्रालय, सूचनातथाप्रविधिविभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, कम्प्युटर एशोसिएन नेपालमहासंघ, आइसिटी एशोसिएसनअफ नेपाल, उद्यमी घर, बुलगार्ड इन्टरनेट सेक्युरिटी, युवाउद्यमी स्कुल, इ सेवा, नेपालन्युजएजेन्सी लगायत रहेका छन् ।

एसएमएसबाट भोटिङ गर्नकालागि ः उत्कृष्ट १० मा रहेकाकम्पनीहरुलाइ एसएमएसबाट भोटिङ गर्न सकिनेछ । यसको लागिमोवाइलको म्यासेज बक्समागई आईसीटी लेखि एक स्पेस दिएर अंग्रेजीमा अवार्ड टाइप गरि आफुले भोट गर्ने कम्पनीको कोड नम्बरलेखि ३२२०० माएसएमएस गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप