मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘बाँच्न पाए सबैको गुन तिर्ने थिएँ’

बिहीबार, ०९ असार २०७३, १८ : ०५
बिहीबार, ०९ असार २०७३

भक्तपुर– पहिला पनि दुख थियो । त्यहीमाथि अर्को दुख थपियो फेरि । काभ्रे च्यासिङ्गखर्क ५ माझगाउँका लालकाजी तामाङ्गको परीवारमा । ५० वर्षका लालकाजीको शरिरमा भएका दुवै मृगौलाले काम छोड्यो । अहिले उनी भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रको नं. वेडमा ३ जिवन मरणको दोसाधमा बाँचिरहेका छन् । ६ जनाको परीवार पाल्न पनि लालकाजिलाई सधै धौ धौ थियो । २ हल गोरु लाग्ने उहिँ पाखो बारीबाट आउने अन्नले तिन महिना पनि खान पुग्दैन् उनको परीवारलाई । गाउँघरमा मेलापात गरेरै भएपनि उनले परीवार पालेकै थिए । १ छोरा र १ छोरीको जन्म पछि लालकाजी र उनकी श्रीमती ठुलीमाया तामाङ्गको जिन्दगीमा खुसी कै संसार थियो । छोरो विक्रमले विवाह गरेर बुहारी भित्राउदा अर्को खुसी फेरी त्यो घरमा थपियो । त्यस पछि लालकाजी र ठुलीमाया हजुर बा र आमा भए त्यो दिनहरुलाई दुनिँया कै सबै खुसी उनीहरुकै त्यो सानो घरमा आए जस्तो लाग्यो । घरको आर्थिक अवस्था निकै नाजुक भएपनि सबैले दुख सुख गरेर जिन्दगी बिताए कै थिए । पैसा नभएर कक्षा १२ पढ्दै गर्दा पढाई छोडेका उनको छोरा विक्रमले विदेश जाने तयारी गरी रहेका थिए । तर जेठ ६ गते धुलिखेल अस्पतालले लालकाजीको दुवै मृगौलाले काम नगरेको रिर्पोट दिएपछि त्यो परीवारको सबै खुसी बिलाएर गयो । डाक्टरले छिटो भन्दा मृगौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् । अहिले साता २ पटक डाइलोसियस गर्दै आएका छन् लालकाजी । अस्पतालको शैयामा बसीरहेका लालकाजीले भने ‘सबैको सहयोगले बाँँच्न पाए गुन तिर्ने थिएँ’ । उनका छोरा विक्रमले दुबइ जानकै लागि भनेर म्यानपावरमा राहदानी बुझाए । रातोपाटीसंग कुरा गर्दै विक्रममले भने ‘बुवालाई यस्तो भयो यहाँ बिरामीलाई कुर्ने मानिस छैन्, भिसा आएपनि जान सकिन्’ । लालकाजीलाई प्रत्यारोपणको लागि मृगौला दिन उनी श्रीमती तयार छिन् तर उनको मृगौला लालकाजीलाई म्याचिङ्ग होला कि नहोला भन्ने चिन्ता परीवारमा रहेको छ । प्रत्यारोपण गर्नको लागि मात्र ३÷४ लाख लाग्ने त्यो रकम कसरी जुटाउने छोरा विक्रमलाई अर्को पनि समस्या रहेको छ । नेपाल सरकारले दिने सहुलियत रकमले त डाइलोसियस गर्ने मात्र पुग्ने विक्रमले बताए । अन्य खर्च त उनले ऋण गरेर भएपनि जुटाए । विक्रमले भने ‘मैले सक्दो प्रयास गरिरहेको छु, तर त्यती धेरै रकम यती छिट्टै कसरी जुटाउनु’। एनले आफ्नो पिताको जिवन बाचय दिन सबैलाई आग्रह गरेका छन् । उनलाई सहयोग गर्ने चाहनेले कृषी बिकाश बैंक दुधपाटी शाखा भक्तपुरको खाता नं. ०२–१२२–०१०७२२७७–०१–० सहयोग गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप