मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तमलोपाको सर्वसम्मत नभएका पदाधिकारी छान्ने जिम्मा अध्यक्षलाई

बिहीबार, ०९ असार २०७३, १८ : २६
बिहीबार, ०९ असार २०७३

नवलपरासी - तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम महाधिवेशनका प्रतिनिधिले सर्वसम्मत नभएका पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टी अध्यक्ष महन्थ ठाकुरलाई चयन गर्ने अधिकार दिएका छन् ।

यही असार ६ गतेदेखि नवलपरासीको परासीमा सुरु भएको महाधिबेशन ८ गते सकिने भनेपनि पदाधिकारी चयनमा समस्या देखिएपछि बिहीबारसम्म चलेको हो । “आज दिउँसोसम्म पदाधिकारी र केन्द्रीय सदस्य चयनमा समस्या देखिएपछि अध्यक्षलाई प्रतिनिधिहरुले पदाधिकारी छान्ने जिम्मा दियौँ,” तमलोपाका नेता शुभानअली अन्सारीले भने ।

महाधिवेशनले अध्यक्षमा महन्थ ठाकुर वरिष्ठ उपाध्यक्षमा हृदेयश त्रिपाठी, उपाध्यक्षमा बृखेसलाल कर्णलाई निर्विरोध निर्वाचित गरेको थियो । एक जना उपाध्यक्ष मनोनित अध्यक्षले गर्ने भनिएको थियो ।

दुई महामन्त्रीका लागि वृजेश गुप्ता चन्द्रादेवी चौधरी, जङ्गीलाल यादव, उमाकान्त झाले उम्मेदवारी दिएका थिए । दुई सहमहामन्त्रीका लागि राजेन्द्र साह, राजेश मिश्र, सलिम मिया अन्सारीसहित १० जनाको उम्मेवारी परेको छ र एकजना कोषाध्यक्षका लागि विमल श्रीवास्तव, कविन्द्र ठाकुरको गरी तीन जनाको उम्मेदवारी परेको छ ।

सदस्यहरु र पदाधिकारी गरी १२० जनाको उम्मेदवारी कायम भएको अवस्थामा अध्यक्ष ठाकुरलाई ७५ सदस्यीय केन्द्रीय समिति चयनको जिम्मा दिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप