मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पपछि खाद्यान्न उत्पादन ७ प्रतिशतले घट्यो

बिहीबार, ०९ असार २०७३, १८ : २९
बिहीबार, ०९ असार २०७३

काठमाण्डौ – गतवर्षको तुलनामा यो वर्ष १३ अर्व बढीको खाद्यान्न उत्पादन घटेको छ । यो वर्ष ७ प्रतिशतले घट्दा ६ लाख ५१ हजार ९ सय ५२ मेट्रिकटन खाद्यान्न उत्पादन कम भएको हो ।

कृषि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रति किलो २० रुपैयाँका दरले हिसाव गर्दा १३ अर्व ३ करोड ९० लाख रुपैयाँ बराबरको खाद्यान्न उत्पादन घटेको हो । ‘प्रतिकिलो न्यूनतम मूल्य २० देखि ३० रुपैयाँ राखिएको छ ’ कृषि विकास मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाले बताए । सरकारले चालु आर्थिक वर्षमा कृषिमा २६ अर्व ६८ करोड रुपैयाँ छुट्याएको थियो ।

कृषि विकास मन्त्रालयका अनुसार गतवर्षको तुलनामा खाद्यान्न बालितर्फ धान, कोदो, गहुँ, जौँको उत्पादन घटेको छ भने मकैबाली भने बढेको छ ।

मन्त्रालयका बरीष्ठ तथ्यांक अधिकृत दिनेश कुमार भट्टराईका अनुसार गतवर्षको तुलनामा १० प्रतिशतले घटको छ । गतवर्ष करीव ४७ लाख ८८ हजार मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष ४२ लाख ९९ हजार मेट्रिकटन उत्पादन भएको छ । सो आँकडामा चैतेधान भने समावेश छैन ।

गतवर्षको तुलनामा कोदो २ प्रतिशतले घटेर ३ लाख २ हजार मेट्रिकटन मात्र उत्पादन भएको छ । उत्पादनका हिसावले तेश्रो बालिको रुपमा रहेको गहुँबाली गतवर्षको १२ प्रतिशतले कम भएको छ । यो वर्ष गहुँ १७ लाख ३७ हजार मेट्रिकटन घटेको छ । त्यस्तै जौँ बालिपनि १२ प्रतिशतले नै घटेको छ । खाद्यान्न बाली अन्तर्गतका मकै र फापर भने यो वर्ष उत्पादन बढेको छ । गत वर्षको तुलनामा मकैवाली यो वर्ष ४ प्रतिशतले बढेर २२ लाख ३१ हजार मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै फापरपनि यो वर्ष केही मात्रामा उत्पादन बढेको छ ।

मन्त्रालयले उत्पादन घट्नुको दोष भूकम्प, नाकाबन्दी, प्रतिकुल मौसम, प्राकृतिक प्रकोप र रासायनीक मलको अभावलाई देखाएको छ । त्यसैगरी तराईमा उत्पादन हुनेवित्तीकै धान भारततर्फ विक्री हुने भएपनि सो को तथ्यांक नरहेको मन्त्रालयका निमित्त सचिव डा. शुरेश पोखरेलले बताए ।

भूकम्पको कारण नेपालमा १ लाख ३५ हजार मेट्रिकटन खाद्यान्न क्षती भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप