मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कुम्बले भारतीय क्रिकेट टिमका नयाँ प्रशिक्षक

बिहीबार, ०९ असार २०७३, १८ : ४८
बिहीबार, ०९ असार २०७३

मुम्बई – भारतका पूर्व टेस्ट कप्तान अनिल कुम्बले भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । बिसिसीआईका अध्यक्ष अनुराज ठाकुरले कुम्बले नयाँ प्रशिक्षक भएको आधिकारिक जानकारी दिएका हुन् ।

प्रशिक्षक चयन गर्ने टोलीको सल्लाहकार कमिटीमा सचिन तेन्दुल्कर, सौरव गांगुली र विविएस लक्ष्मण रहेका थिए ।

भारतका लागि खेल्दै कुम्बलेले १३२ टेस्टमा ६१९ विकेट लिएका थिए भने एकदिवसीय क्रिकेटमा २७१ खेलमा ३३७ विकेट लिएका थिए ।

४५ वर्षीय कुम्बले यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरका मेन्टर तथा आइसीसी क्रिकेट कमिटीका अध्यक्ष समेत रहिसकेका छन् ।

मुख्य प्रशिक्षकका लागि मंगलबार अन्तरवार्ता भएको थियो । यसमा रवि शास्त्री, प्रवीण आमरे र लालचन्द राजपूतले पनि दाबेदारी पेश गरेका थिए । यस पदका लागि ५७ वटा निवेदन आएकोमा २१ नामलाई छनौट गरिएको थियो । भारतीय क्रिकेटर बाहेक टम मुडी र स्टुवार्ट लले पनि यस पदका लागि निवेदन दिएका थिए ।

यस विषयमा टेस्ट कप्तान विराट कोहलीको राय लिएको थियो । उनी शास्त्रीलाई समर्थन गर्नेमा चिनिन्छन् । तर, सचिन, सौरव र लक्ष्मणले भने कुम्बलेलाई मुख्य प्रशिक्षक बनाएर शास्त्रीलाई ब्याटिङ प्रशिक्षक बनाउनुपर्ने सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप