मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

न्यायाधीश एवम् राजदूतको संसदीय सुनुवाइ सुरु गरिने, उजुरी दिन आह्वान

बिहीबार, ०९ असार २०७३, १९ : १२
बिहीबार, ०९ असार २०७३

काठमाडौँ -  व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कँदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ ।

समितिको आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त एवम् राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । समितिका सभापति कुलबहादुर गुरुङले प्रस्तावित न्यायाधीश एवम् राजदूतका सम्बन्धमा सार्वजनिक सूचना मार्फत उजुरी दिन आह्वान गर्ने निर्णय आजको बैठकले गरेको बताए ।

व्यवस्थापिका–संसद्को नियमावली पारित हुन लामो समय लागेका कारण संसदीय सुनुवाइको प्रक्रिया स्थगन हुँदै आएको थियो । मङ्गलबार सुनुवाइ समितिको सभापतिमा गुरुङ निर्वाचित भएपछि सबै प्रक्रिया अगाडि बढाउन प्रमुख दलहरु सहमत भएका हुन् ।

समितिको आजको बैठकमा समितिको कार्यदलले तयार पारेको कार्यविधि समेत पारित भएको सभापति गुरुङले जानकारी दिए । समितिले प्रस्तावित प्रधानन्यायाधीश, ११ न्यायाधीश एवम् २१ मुलुकका राजदूतको सुनुवाइ गर्ने जनाएको छ । संवैधानिक प्रावधान अनुसार नियुक्ति अगाडि न्यायाधीश, राजदूत लगायतको सुनुवाइ गरी स्वीकृत हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप