मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बाढीले राजविराज–कुनौली भन्सार सडक अवरुद्ध

बिहीबार, ०९ असार २०७३, १० : १५
बिहीबार, ०९ असार २०७३

राजविराज – चार दिनदेखि लगातार परेको पानीका कारण आएको बाढीले बुधवारदेखि सप्तरीको राजविराज–कुनौली भन्सार सडक खण्ड अवरुद्ध भएको छ ।

सदरमुकाम राजविराजबाट भारतीय सिमावर्ती क्षेत्रसम्म जाने उक्त सडक अवरुद्ध भएपछि भारतीय क्षेत्रमा आउजाउ गर्ने सर्वसाधारण समस्यामा परेका छन् । बाटोमा सवारी साधनको आवागमन रोकिँदा व्यापारीको माल समान समेत आयात हुन सकेको छैन । कुनौली स्थित सप्तरी खण्डमा रहेको राजविराज भन्सार कार्यालयको राजस्व संकलन कार्य समेत उक्त सडक अवरोधका कारण प्रभावित हुन पुगेको छ ।

कुनौली आसपासका तिलाठी, वरही विरपुर, इटहरी विष्णुपुर, लालापट्टि, रमपुरा मल्हनियाँ, सकरपुरा लगायतका गाविसका वासिन्दाहरुलाई सर समान खरिद गर्नका लागि समेत समस्या भएको छ । ती गाविसका वासिन्दाले दैनिक आवश्यकताका सरसमान भारतको कुनौली बजारबाटै किनेर ल्याउने गरेका छन् ।

अत्यधिक बाढीले गर्दा आवामगनका लागि बनाइएको डाईभर्सन भत्काएपछि आवागमनमा समस्या भएको सडक डिभिजन कार्यालय लहानका इन्जिनियर सोभितलाल ठाकुरले बताए ।

‘ढुंगा लगायतका सामाग्री नपाइएकाले पुल बनाउन सकिएको छैन’ उनले भने ‘तत्काल बनाइएको डाईभर्सन पनि खाडो नदीबाट आएको बाढीले बगाएको छ, हामी बाटो छिटै सञ्चालन गराउने प्रयासमा छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप