मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दोश्रो मदन आश्रित राष्ट्रिय टि–ट्वान्टी उपाधि पुलिसको कब्जामा

बिहीबार, ०९ असार २०७३, १९ : ३८
बिहीबार, ०९ असार २०७३

राजविराज - राजविराजको राजदेवी खेल मैदानमा सञ्चालित दोश्रो मदन आश्रीत राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।

प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न फाईनल खेलमा जनकपुर इलेभनलाई ४९ रनले पराजित गर्दै पुलिसले उपाधी हात पारेका हुन् ।

टस हारेर पहिले ब्याटिंङ गर्दै नेपाल पुलिसले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रनको योगफल तयार पारेका थिए ।

पुलिसका लागि प्रेम तामांगले सर्बाधिक ३०, योगेन्द्र कार्कीले २९, दिपेन्द्र ऐरीले २६, सिद्धान्त लोहनीले २३ तथा कुशल भुर्तेलले अविजित २० रनको योगदान दिएका थिए । बलिंङतर्फ जनकपुर इलेभनका मेहबुब आलमले सर्बाधिक ३ विकेट लिएका थिए भने कप्तान राज मोहम्मद र संजोक कर्णले समान २/२ विकेट लिएका थिए ।

प्रतिउत्तरमा १ सय ७९ रनको बिजयी लक्ष्य साथ ब्याटिङ गर्दै जनकपुर इलेभनले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १ सय २९ रनमा समेटियो ।

जनकपुर इलेभनका लागि सौरभ नागबंशीले अविजित ३५, गोपाल सिंहले अविजित २९ तथा इशान पाण्डेले २१ र अभिषेक झाले १९ रनको योगदान गरेपनि जितका लागि प्रर्याप्त रहेन ।

बलिङतर्फ पुलिसका रामनरेश गिरिले ३ विकेट, दिपेन्द्र ऐरीले २ तथा कुशल भुर्तेल र मन्जित श्रेष्ठले समान १/१ विकेट हात पारेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी होराइजन क्रिकेट एकेडेमी बिराटनगरका पुष्प थापा, उत्कृष्ट ब्याट्सम्यान नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृष्ट बलर जनकपुर इलेभनका राजू मोहम्मद घोषित भएका छन् ।

प्रतियोगितामा बिजेता पुलिस क्लवले शिल्ड सहित नगद १ लाख प्राप्त गरेको छ भने उपविजेता जनकपुर इलेभनले ५० हजार नगद तथा कप प्राप्त गरेको हो ।

प्रतियोगिता पश्चात आयोजित पुरस्कार बितरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सुमन राज प्याकुरेल, नेकपा एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, जिल्ला खेलकुद विकास समितिका प्रमुख लक्ष्मण मण्डलले संयुक्त रुपमा बिजेता टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप