मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपचार गर्न नसकेपछि छोराद्वारा आमाको हत्या

बिहीबार, ०९ असार २०७३, २३ : ५१
बिहीबार, ०९ असार २०७३

इटहरी - इटहरीमा आफनै छोराले आमाको हत्या गरि खोलामा गाडेको अबस्थामा शव फेला परेको छ । करिब तिन महिना अघि इटहरी ४ पाँनधारे बस्ने २८ बर्षिय बिजय चौधरीले आफनौ ६५ बर्षिय आमा बेचनी चौधरीको हत्या गरी टेङग्रा खोलाको बगरमा बोरामा हालेको अबस्थामा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीले हत्यामा संलग्न छोरालाई पक्राउ गरि अनुसन्धान गर्ने क्रममा छोराले नै गाडेको स्थानसम्म प्रहरीलाई पु¥याका थिए । प्रहरीले सेतो बोरामा सडेको अबस्थामा शव फेला पारेको थियो ।

स्थानिय छिमेकीका अनुसार घटना का थिए महिना अघि भएको हुन सक्ने बताएका छन् । क्यान्सर लागेर बिरामी अबस्थामा रहेकी बेचनी चौधरीलाई छोरा बिजयले उपचार गराउन भनि घरबाट लगेका थिए ।

पछि आमा फिर्ता नल्याएपछि घटना स्थानियले शंका गरेका थिए । दुर्घटनामा घाइते भएर बुवा भगतलाल चौधरी पनि उपचार गराउन काठमाडौ गएका थिए ।

बिरामी भएपछि बेचनी पचरुखीबाट कान्छो छोराको घर इटहरी आएकी थिइन् ।

पछि फर्केर आएका बुवाले आमा खोजेपछि छोराले पटक–पटक गाडेको छु भन्दै झरर्किने गरेका थिए । पछि बुबा भगतलाल चौधरीले इटहरी प्रहरीमा निवेदन दिएपछि मात्र प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीले छोरा बिजय चौधरीलाई नियन्त्रणमा लिएपछि प्रहरी समक्ष आफुले खोला छेउमा गाडेको स्वीकारेका थिए ।

स्थानियका अनुसार मृतक क्यान्सरबाट ग्रस्त रहेको कारण शरिरमा पनि किरा पर्ने थालेपछि दुर्गन्ध आउने गरेको बताए । उपचार गर्ने पैसा समेत छोराले निकाल्ने अबस्थामा थिएनन् ।

एता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले घटनाको बिषयमा अझै अनुसन्धान भइरहेको बताए । मृतक क्यान्सरबाट ग्रस्त भएपछि दुई छोराले उपचार नगरेको र कहिले जेठा छोराकोमा कहिले कान्छोको डेरामा बस्दै आएको बताए ।

डिएसपी अधिकारीले थप अनुसान्धान गरेर घटनाबारे सत्यतथ्य बाहिर ल्याउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप