मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिको दस्तावेजको अन्तिम मस्यौदा पारित , खुल्ला छलफलमा लगिने

बिहीबार, ०९ असार २०७३, २० : १२
बिहीबार, ०९ असार २०७३

काठमाडौं – नयाँ शक्ति नेपालल पार्टी स्थापना राष्ट्रिय भेला सम्पन्न गरेपछिको पहिलो केन्द्रीय परिषद सचिवालय बैठक बोलाएको छ ।

पार्टीका प्रवक्ता खिमलाल देवकोटाका अनुसार असार १० गते शुक्रबार दिनको १२ बजे बोलाएको पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा बोलाइएको बैठकले पहिलो राष्ट्रिय भेलाको समिक्षा गर्नेछ । ‘केन्द्रीय परिषद सचिवालय बैठकले राष्ट्रिय भेलामा प्रस्ताव गरिएका विभिन्न दस्तावेजहरु पारित गर्नेछ,’ प्रवक्ता देवकोटाले भने, ‘भेलामा प्राप्त सुझावका आधारमा छलफल सत्रबाट बनाइएको कार्यदलले तयारको पारेको दस्तावेजका अन्तिम मस्यौदा बैठकले पारित गर्दै पहिलो महाधिवेशनसम्म खुल्ला छलफलको लागि सार्वजनिक गरिन्छ ।’

बैठकले विधानको संक्रमणकालीन व्यवस्थानको कार्यान्वयन गर्दै केन्द्रीय कार्यसम्पदान समितिको समेत गठन गर्नेछ । ‘नयाँ शक्ति पार्टीको विधान ०७३ को संक्रमणकालीन व्यवस्था अनुसार अहिलेको सचिवालयलाई केन्द्रीय कार्यसम्पादन समितिमा रुपान्तरण गर्ने प्रस्तावबारे पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता देवकोटाले स्पष्ट पारे ।

बैठकले पार्टी, विभाग, संयन्त्र र अन्य जिम्मेवारीमा कार्यविभाजन गर्ने, केन्द्रीय कार्यालय निर्माण गर्ने, केन्द्रीय परिषदमा थप मनोनयन गर्नेलगायतका विषयमा पनि छलफल गर्ने देवकोटाले जानकारी दिनुभयो । बैठकमा राष्ट्रिय भेलाको सन्देश राष्ट्रिय, अन्तर्राष्ट्रियरुपमा सम्प्रेषण गर्ने, वैचारिक राजनीतिक प्रशिक्षण चलाउने, थप ५० हजार सदस्यता थप तथा गाउँ–टोलसम्म संगठन विस्तार गर्नेलगायतका बिषयमा निर्णय गरिने प्रवक्ता देवकोटाले जानकारी दिए ।

सद्भावनाका उपाध्यक्ष, माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित नयाँ शक्तिमा

सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व सभासद शिवचन्द्र कुशवाहा र माओवादी केन्द्रका केन्द्रीय सदस्य किरणकुमार साहसहित तीन दर्जनभन्दा धेरै नेता तथा कार्यकताहरु नयाँ शक्तिमा आवद्ध भएका छन् । नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा बिहीबार आयोजित एक कार्यक्रममार्फत उहाँहरु नयाँ शक्तिमा समाहित हुनुभएको हो । यसैगरी एमाओवादी पूर्व भोजपूरा राज्य सचिवालय सदस्य बसन्त नेपाल, माओवादी केन्द्रका रौतहट जिल्ला सदस्यहरु जयप्रकाश साह, चन्द्र भूषण प्रसाद साह, बारा सदस्य होश नारायण यादव, एमाले रौतहट जिल्ला सदस्य रवि मिश्र, नेपाली कांग्रेस रौतहट जिल्ला सदस्य राकेश झालगायत विभिन्न पार्टीका दजर्नौ तीन दर्जन नेता कार्यकर्ता पनि नयाँ शक्तिमा समाहित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप