मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ग्याँस सिलिण्डर जाँच्न समिति गठन

बिहीबार, ०९ असार २०७३, २० : १५
बिहीबार, ०९ असार २०७३

काठमाण्डौ – सरकारले ग्याँस सिलिण्डरको मापदण्ड जाँच्नका लागि छानविन समिति गठन गरेको छ । एल पि ग्यास सिलिण्डरले कानुनबमोजिम मापदण्ड पूरा गरेका छन छैनन भन्ने विषयमा छानविन तथा अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि आपूर्ति मन्त्रालयका उपसचिव अर्जुनराज पन्तको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

गुणस्त तथा नापतौल विभागका प्राविधीक उपसचिव, आयल निगमका प्राविधीक अधिकृत, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनीधी र आपूर्ति विभागका अधिकृत रहेको समिति गठन भएको हो ।

समितिले एलपि ग्याँस उद्योगले कानुन अनुसारका सुरक्षा मापदण्ड पालना गरे नगरेको विषयमा अध्ययन गरी २ महिनाभित्र प्रतिवेदन पेश गर्ने छ । ग्यासको सुरक्षा व्यवस्थाका लागि ऐन, नियम तथा विनीयमको सुधार गर्नुपर्ने विषयमा सिफारीस गर्र्न, नेपालमा सञ्चालनमा रहेका सबै ग्यास उद्योगहरुले अपनाउँदै आएका सुरक्षा व्यवस्थाहरुको स्थलगत अध्ययन गरी सुधारका लागि तत्कालिन, मध्यकालिन र दीर्घकालिन उपायहरु पेश गर्ने र उपभोक्ताको अज्ञानता र लापर्वाहीबाट हुने दुर्घटनालाई शुन्यमा ल्याउन नीतिगत रुपमा गर्नुपर्ने सुधारका विषयमा सुझाव पेश गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप