बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

माओवादी रुपान्तरणमा जुटेको छ : नेता थापा

बिहीबार, ०९ असार २०७३, २१ : ००
बिहीबार, ०९ असार २०७३
प्यूठान, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) प्यूठानको एकता भेलामा केन्द्रीय नेता मणी थापाले माओवादी रुपान्तरणमा जुटेको बताए । भेलाको सम्बोधन गर्दै नेता थापाले माओवादीको चुनौतिका दिन सुरु भएको बताउंदै व्यक्तिको टाउका एकै ठाँउ राख्नु भन्दा विचार, भावना र लक्ष्य एउटै हुन जरुरी रहेको बताए । उनले भने– अब देशमा आमुल परिर्वतन गर्न, जनतालाई देखाएका सपनाहरु साहारकार पार्न, राष्ट्रियता गणतन्त्रको रक्षा गर्न, महिला आदीवासी जनजाति, मधेशी लगायत राष्ट्रकै समस्या सुल्झाउनको लागि हाम्रा चुनौतिका दिन सुरु भएका छन् ।’ यो यात्राले माओवादी केन्द्रको भविष्य सुन्दर बनेकाले विकास, सिद्धान्त, जनताको भावना बुझेर शहर केन्द्रीत नभई गाँउगाँउका जनसमुदायलाई अग्रसर बनउनु पर्ने उनले बताए । जनताको माओवादी हुन्छौं भनेर माओवादी केन्द्रले अभियान लिएर हिडेकाले यसलाई सफल पार्न सम्पूर्ण कम्यूनिष्ट विचारधारका व्यक्तिहरुलाई आग्रह समेत गरे । भुटेको मकै खाएर परिवर्तनका लागि लडेको माओवादी अहिले सुविधा भोगी बन्दै गएकोले आफ्नो संस्कृति, रहन सहनलाई यसरी भुल्न नहुने थापाको भनाई थियो । जेष्ठ ६ गते विभिन्न माओवादी घटकहरु बीच पार्टी एकता भइ नेकपा माओवादी केन्द्र नामक केन्द्रीय समिति बनसंगै अगाडि बढेको माओवादीको एकता भेला अभियानकै क्रममा केन्द्रीय नेता मणी थापा सहितको एक टोलीले सल्यान, रुकुम रोल्पा हुंदै प्यूठानमा पनि आज एकता भेला गरेको हो । राम बहादुर के सीको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य पूर्ण घर्ती आयम, जग प्रसाद शर्मा अपार, कृष्णध्वज खड्का, सल्लाहकार श्रीकृष्ण रिजाल, बोम बहादुर भण्डारी लगायतका नेताहरुले आ – आफ्ना दृष्टिकोण राखेका थिए । नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सवैक्षेत्रका नेता, कार्यकर्ता, कमिटि सदस्य लगायतको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन कृष्ण अधिकारी प्रकाशले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप