बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इन्डोनेसियाको जाभा प्रान्तमा बाढी र पहिरोबाट ५६ को मृत्यु

बिहीबार, ०९ असार २०७३, २२ : ०३
बिहीबार, ०९ असार २०७३

 

जाकार्ता, - पश्चिमी इन्डोनेसियाको मध्य प्रान्त जाभामा आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या बिहीबारसम्म ५६ पुगेका छ ।

यस बाढी र पहिरोमा परी अन्य ९ जना बेपत्ता हुनुका साथै २२ जना घाइते भएका प्रकोप व्यवस्थापन निकायका वरिष्ठ अधिकारीले बिहीबार जानकारी दिएका छन् । उद्धारकर्ताहरूले जारी राखेको उद्धारकार्यमा सयौँ व्यक्ति उद्धार भएका स्थानीय अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । यस प्रकोपमा परी जाभा प्रान्तको पुवोरेजो, बानजार्नेगारा, केबुमेन जिल्लाका बढी व्यक्ति प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभएको छ । सो प्रकोपको कारण ३९५ जना गाउँलेलाई शरणार्थीस्थलमा लगिएको नुग्रोहोले बताएको छ । यस बाढी पहिरोमा परी १४३ वटा घर र सयौँ भौतिक संरचना क्षतिग्रस्त भएको बताइएको छ । गत शनिबारबाट सुरु भएको भारी वर्षापछिको बाढी र पहिरोमा परी १६ वटा जिल्ला प्रभावित भएको जनाइएको छ । इन्डोनेसियामा भारी वर्षा तथा यसपछि बारम्बार बाढी र पहिरोजस्ता प्रकोपले सताउने गरेको पाइन्छ । रासस÷सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप