मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा जनमतसंग्रह : युरोपेली युनियन 'छाड्नुपर्छ' भन्नेहरुको झिनो अग्रता

शुक्रबार, १० असार २०७३, ०९ : ४०
शुक्रबार, १० असार २०७३

लण्डन – युरोपेली युनियनमा रहने वा नरहने भन्ने विषयमा बेलायतमा भइरहेको जनमत संग्रहमा मतले झिनो अग्रता बनाएका छन् ।

शुरुवातमा रहनुपर्छ भन्नेहरुले राम्रो अग्रता बनाइरहेका थिए । तर, बेलायतको स्थनीय समयअनुसार बिहान ३ बजेर ४५ मिनेटसम्मको मतगणनामा भने छाड्नुपर्छ भन्नेहरु करिब ५ लाख भोटले अघि बढेका छन् ।

छाड्नुपर्छ भन्नेहरुले अग्रता बनाएसँगै पाउण्ड र सेयर बजार गिर्दो अवस्थामा रहेको छ ।

लण्डनसँगै स्कटल्याण्ड र उत्तरी आयरल्याण्डले रहनुपर्छ भन्नेमा धेरै मत जाहेर गरेको देखिएको छ । उता, वेल्सले भने छाड्नुपर्छ भन्नेमा मत जाहेर गरेको पाइएको छ । त्यहाँबाट ५४.७ प्रतिशत छाड्नुपर्ने पक्षमा रहेका छन् ।

जितका लागि १,६८,१३,००० मत आवश्यक रहेको बताइएको छ । निर्वाचन आयुक्त जेनी वाटसनले सबै ३८२ स्थानको मतगणनापछि विजेता घोषणा गरिने बताइएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप