मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सलमानको आलोचना गर्दा गायिकामाथि ४८ घण्टामा १ हजार बलात्कारको धम्की

शुक्रबार, १० असार २०७३, १० : २८
शुक्रबार, १० असार २०७३

मुम्बई – सलमान खानले ‘बलात्कृत महिला’ बारे गरेको टिप्पणीको गायिका सोना महापात्राले आलोचना गरेकी थिइन् । यसपछि सलमानका समर्थकहरुले सामाजिक सञ्जालमा गायिकामाथि भद्दा टिप्पणीहरु गरिरहेका छन् । सोनाको आरोप छ कि ४८ घण्टामा उनलाई १ हजारभन्दा बढी बलात्कारको धम्की आइसकेको छ । गायिकाले फेसबुकमा पोष्ट गर्दै यसको खुलासा गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘पछिल्लो ४८ घण्टामा मलाई लगातार धम्कीहरु आइरहेको छ । यसमा १ हजारभन्दा बढी बलात्कारको धम्की छ । मलाई नग्न र फोटोसप गरिएका तस्विरहरु पठाइएको छ ।’ उनले यसमा कडा अपत्ति जनाएकी छिन् ।

गत मंगलबार सोनाले ट्विट गर्दै लेखेकी थिइन्, ‘महिलालाई पिटे, मानिसहरुमाथि गाडी चढाए, जनवार पनि मारे, यसको बावजुद देशको हिरो ? यो गलत हो । भारतमा यस्तैका फ्यानहरु रहेका छन् ।’

यसपछि सलमानका फ्यानहरुले उनीमाथि ट्वीटर र फेसबुकमा भद्दा कमेन्ट गर्न शुरु गरे । उनले केही फ्यानहरुको कमेन्टको स्क्रीनसट सेयर गर्दैै लेखेकी छिन्, ‘यस्तो ट्वीट गर्ने उनको फ्यान छन् । यसले देखाउँछ कि उनको हिरोले उनीहरको अगाडि कस्तो उदाहरण प्रस्तुत गरेका छन् ।’

‘डियर करोडौंका आइडल ! तपाईंको बुवाले माफी माग्दैमा काफी छैन । आफ्नो फ्यानलाई पनि केही सिकाउनुहोस्,’ उनले लेखेकी छिन् । यस विषयमा उनले ११ भन्दा बढी ट्वीट लेखेकी छिन् ।

सलमानले आफू थोकेको विषय बलात्कृत महिलासँग तुलना गरे पछि उनको व्यापक आलोचना भइरहेको छ । महाराष्ट्र नेशनल कमिशन फर वुमनले बुधबार सलमानलाई २९ जुनमा उपस्थित हुन पत्र पठाएको छ । यसअघि मंगलबार बलात्कारको सिकार बनेकी निर्भयाकी आमाले सलमानको आलोचना गर्दै ‘आफ्नो छोरीलाई भेटेर बलात्कृत महिलाको पिडा थाहा पाउन’ आग्रह गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप