मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘नेपाल– बैँकक फेस्टिवल’ काठमाडौँमा हुने

शुक्रबार, १० असार २०७३, १७ : ०३
शुक्रबार, १० असार २०७३

काठमाडौँ - नेपाल तथा थाइलैन्डको राजधानी बैँककको व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आगामी असोज १४ देखि १८ गतेसम्म ‘नेपाल बैँकक फेस्टिवल’ काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने भएको छ ।

बैँककको प्रतिष्ठित उद्योग ‘सियाम लचग’ले आयोजना गर्ने उक्त फेस्टिवलमा नेपालका लागि थाईलैन्डको दूतावास, ललितपुर उद्योग वाणिज्य महासङ्घलगायतले सहयोग गर्ने छन् । फेस्टिवलमा १५० भन्दा बढी व्यावसायिक प्रतिष्ठानका उत्पादन प्रदर्शन तथा खरिदबिक्री गरिने छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाइल्यान्डका राजदूत भुटी भुटीसान्टले उक्त फेस्टिवलले दुई देशबीचको मैत्री तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाएर व्यापारलाई अध्ययन गर्ने अवसर समेत उपलब्ध हुने विश्वास व्यक्त गरे ।

सियाम लचगका प्रबन्ध निर्देशक चित्रा पाङदासाङले दुई मुलुकको उत्पादनलाई आदानप्रदान गर्न फेस्टिवलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप