मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्री क्यामरुनले राजिनामा दिने

शुक्रबार, १० असार २०७३, १७ : २८
शुक्रबार, १० असार २०७३

लन्डन– बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

युरोपेली युनियनमा बेलायत रहने वा नरहने भनी गरिएको जनमत सङ्ग्रहमा नरहने पक्षको विजय भएकोले उनले आफूले राजिनामा दिने इच्छा जाहेर गरेको बताइएको हो ।

मलाई लाग्छ म अब हाम्रो देशको अर्को गन्तव्यसम्म पुर्याउनका लागि मेरो उपस्थिति राम्रो हुनेछैन– उनले भनेका छन् । प्रधानमन्त्री क्यामरुन युरोपेली सङ्घमा बेलायत रहनुपर्छ भन्ने पक्षमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप