मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस कञ्चनपुरको सभापतिमा बोहरा निर्वाचित

शुक्रबार, १० असार २०७३, १७ : ३८
शुक्रबार, १० असार २०७३

भीमदत्तनगर– नेपाली काँग्रेस कञ्चनपुरको नयाँ कार्यसमिति निर्वाचित भएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार पार्टी पदाधिकारी तथा महासमिति सदस्य निर्वाचित भएका हुन् ।

सभापति पदमा हरिप्रसाद बोहरा र सचिवमा दिवाकर पाण्डेय विजयी भएका छन् सभापति बोहराले प्रत्याशीद्वय पद्म बोगटी र गोपाल गुरुङलाई निर्वाचनको पहिलो चरणमा पछि पारेका थिए । दोस्रो चरणमा उनलाई अर्का प्रत्याशी बोगटीले सर्मथन गरेपछि बोहरा बिहीबार साँझ नै निर्वाचित भएका हुन् ।

त्यसैगरी, केहीबेर अघि सम्पन्न मतगणनाअनुसार सचिव पदमा दिवाकर पाण्डेय २९५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी हरेन्द्र विष्टले २०७ मत प्राप्त गरे ।

कोषाध्यक्षमा शङ्करबहादुर चन्द २८४ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी दीपेन्द्र रायले २०४ र सुरेन्द्रबहादुर विष्टले ३० मत प्राप्त गरेका छन् । त्यसैगरी, कार्यसमिति सदस्यमा क्षेत्र नं १ बाट हरिशचन्द्र राना, प्रकाशराज पन्त, पदमप्रसाद पण्डित, डम्बरबहादुर विष्ट र जनकबहादुर धामी विजयी भएका छन् । महिला सदस्यमा भने खीना भण्डारी निर्वाचित भए ।

क्षेत्र नं २ बाट महिला सदस्यमा पद्मा ओझा निर्वाचित हुनाका साथै खुल्लातर्फ कविराज भट्ट, दिलबहादुर ऐर, दिलबहादुर देउवा, दुखी राना, लेखराज जोशी निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ मा महिला सदस्यमा रमिता शाही देउवा निर्वाचित भएका छन् । भने खुल्लातर्फ अजवसिंह साउद, आसेफ कुँवर, उद्धवबहादुर बोहरा, भीमराज भट्ट र चक्र महता निर्वाचित भएका हुन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ४ बाट महिला सदस्यमा कृष्णा चन्द निर्वाचित भएका छन् भने खुल्लातर्फ ईश्वरीप्रसाद जोशी, प्रकाश थापा, गोकुलराज जोशी, पुष्करबहादुर सिंह र सन्तबहादुर आलेमगर निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप