मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पबाट क्षति भएका घर मर्मतका लागि ५० हजार दिइने

शुक्रबार, १० असार २०७३, २३ : ०७
शुक्रबार, १० असार २०७३

काठमाडौँ –पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट आंशिक क्षति भएका घर मर्मतसम्भार एवम् प्रवलीकरण गर्नका लागि ५० हजार उपलब्ध गराउन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।

प्राधिकरणको निर्देशक समितिको शुक्रबार बसेको बैठकले निजी आवास अनुदान कार्यविधिमा आवश्यक संशोधन गरी रु ५० हजार उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । भूकम्पबाट पूर्णरुपमा क्षति भएका वा भत्काएर पुनःबनाउनुपर्ने घरका लागि भने दुई लाख उपलब्ध गराउने व्यवस्था निजी आवास अनुदान कार्यविधिमा उल्लेख छ ।

नमुना बस्ती विकास गर्ने यस्तै बैठकले जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरी योजनाबद्ध एकीकृत नमुना बस्ती विकास गर्ने निर्णय गरेको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शाखारहित बैंकिङ प्रणाली तथा घुम्ती बैंक सेवाको व्यवस्था मिलाइ अनुदान वितरण द्रुतगतिमा अघि बढाउने निर्णय पनि भएको छ । भूकम्पपीडित अनुदान पाउनयोग्य सबै घरधनी कोही पनि नछुटुन् र मापदण्डमा नपरेका नपरुन् भन्ने सिद्धान्तमा आधारित रहि आवास अनुदान उपलब्ध गराउने निर्णय पनि भएको छ । ३० हजार निर्माणकर्मीलाई गाउँतहमा तालिम

यस्तै बैठकले चार महिनाभित्रमा कम्तीमा ३० हजार निर्माणकर्मीलाई गाउँतहमा तालिम उपलब्ध गराउने, प्रत्येक गाउँटोल तथा बस्तीमा पुनःनिर्माण सामुदायिक समिति गठन गर्ने, भूकम्प अति प्रभावित क्षेत्रका प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एक वटा स्रोत केन्द्र स्थापना गरी पुनःनिर्माण कार्यमा स्थानीय जनतालाई प्राविधिक सहयोग उपलब्ध गराउने कार्ययोजनासमेत पारित गरेको छ । बूढीगण्डकी प्रभावितका लागि यस्तो व्यवस्था रानीपोखरीको पुनःनिर्माण भाइटीकाअघि सक्ने, काठमाडौँ उपत्यकासहित भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण तत्काल सुरु गर्ने, बूढीगण्डकी आयोजना क्षेत्रमा डुबानमा पर्ने पीडितका लागि अस्थायी आवास निर्माणका लागि रु दुई लाख उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप