मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ठक्करबाट बालकको मृत्यु, तीन जना घाइते

शुक्रबार, १० असार २०७३, २३ : ०९
शुक्रबार, १० असार २०७३
धनगढी, असार १० - पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको गरुङ्गेमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको छ । क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाले पूर्वबाट पश्चिमतर्फ आइरहेको ना२ख ७४३८ नंको ट्रकले से३प ९७८७ नंको मोटरसाइकललार्ई ठक्कर दिँदा लम्की चुहा नपाका शिवलाल सन्ज्यालका तीन वर्षीय छोरा रोशनको मृत्यु भएको जनाएको छ । मोटरसाइकलमा शिवलालसहित चार जना सवार रहेकामा ठक्करबाट घाइते अन्य तीन जनालाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप