मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

युवक सङ्गठनका अध्यक्षमा पुनः रिमाल

शुक्रबार, १० असार २०७३, २३ : १३
शुक्रबार, १० असार २०७३
काठमाडौँ, असार १० – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको तेस्रो महाधिवेशनले सङ्गठनका अध्यक्षमा प्रकाश रिमाललाई पुनःनिर्वाचित गरेको छ । बिहीबारदेखि आजसम्म यहाँ चलेको महाधिवेशनले रिमालका नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । चार वर्षको कार्यकाल रहने उक्त कार्यसमितिले ४५ सदस्य मनोनयन गर्नेछ । नवनिर्वाचित अध्यक्ष रिमालले मुलुकमा रहेका युवाको समस्यालाई उठाउने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको सैद्धान्तिक मान्यतालाई युवाबीच लैजाने र सङ्गठन सुदृढीकरणमा भूमिका निर्वाह गर्ने बताउनुभयो । महाधिवेशनले युवा जनशक्तिलाई विदेश जानबाट रोक्नका लागि मुलुकमा उद्योगधन्दा खोल्न सरकारसँग माग गरिएको छ । धर्म परिवर्तन गराउने प्रेरित गर्ने संस्थालाई खोजी गरी दर्ता खारेज गर्न सरकारलाई बैठकले आग्रह गरेको छ । हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो सम्पत्ति भन्ने मान्यतालाई स्थापित गर्न विद्यालयदेखि नै अनिवार्य संस्कृत र नैतिक शिक्षाको अध्ययन तथा अध्यापन गराउन सुझाव दिइएको छ । रासस  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप