मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाली शिक्षा नीति आउने

शुक्रबार, १० असार २०७३, २३ : १८
शुक्रबार, १० असार २०७३
दोलखा – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नीति तय गर्न चाँडै शिक्षा आयोग गठन गर्न लागिएको जानकारी दिएका छन् । मन्त्री पोखरेलले आज सदरमुकाम चरीकोटमा आयोजित पूर्ण साक्षर जिल्ला घोषणासभामा अब हाम्रो देशको शिक्षा नेपाली शिक्षा नीतिबाट नै अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले अब प्रवेशिका तह हटाइएको र उच्चमाध्यमिक शिक्षा परिषद् खारेज गरेर राष्ट्रिय परीक्षा बोर्ड स्थापना गरिने जानकारी पनि दिए । नेपालको शिक्षा समाजवादउन्मुख हुनुपर्ने बताउँदै उहाँले आगामी शैक्षिक सत्रमा हरेक विद्यार्थीको हातमा रङ्गीन पुस्तक पर्ने आश्वासन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप