मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बोक्सी आरोप लगाउनेलाई छ महिना कैद

शुक्रबार, १० असार २०७३, २३ : १९
शुक्रबार, १० असार २०७३
चौतारा  - बोक्सीको आरोप लगाएको मुद्दामा यहाँका तीनजनालाई जिल्ला अदालतले आज कैद तथा जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधीश चिन्तामणि बरालको इजलासले जलविरे गाविस–९ का वीरकाजी तामाङलाई स्थानीय सोममाया तामाङलाई बोक्सीको आरोप लगाएको भन्दै छ महिना कैद, रु पाँच हजार जरिवाना र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । त्यसैगरी बाह्रबिसे–७ का गोविन्दप्रसाद पौडेललाई तीन महिना र चोकटी–६ का पार्वती सापकोटालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीेले जानकारी दिए । प्राप्त जानकारीअनुसार पार्वतीको बुहारी सुत्केरी भएको अवस्थामा खानामा गडबडी भइ सामान्य बिरामी भएकी थिइन् । धामीलाई हेराउँदा बोक्सी लागेको भनेपछि उनीहरुले स्थानीय गीता भट्टराईलाई बोक्सीको आरोप लगाउँदै बेइज्जत गरेपछि उनीबिरुद्ध गीताले जाहेरी दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप