मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बाफिया प्रभाव : पुँजी बजारमा ३३.३६ अंकको वृद्धि

शनिबार, ११ असार २०७३, ११ : ०९
शनिबार, ११ असार २०७३

काठमाडौ–यो साता सेयर बजारमा सुधारको संकेत देखिएको छ । व्यवस्थापिका संसदको अर्थ समितिवाट पारित भई संसदको पूर्ण बैठकमा पुगेको बैंक तथा वित्तीय संस्था सम्वन्धी विवादित विधेयक पुन अर्थसमतिमै छलफलका लागि फर्किएपछि त्यसको प्रभाव पुँजी बजारमा समेत देखिएको हो । बैंक तथा वित्तीय संस्था सम्वन्धी महत्वपूर्ण विषय समावेश भएको विधेयक विावदमा रहेको तर विवादित विषयमा थप छलफल हुने भएपछि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको हो । साताको पहिलो र दोस्रो दिन सामान्य रुपमा घटेको सेयर बजार अन्य तीन दिन भने उकालो लागेको थियो । सेयर कारोवारका शिसावले अन्तिम दिन बिहीवार नेप्से परिसूचकले नयाँ रेकर्ड समेत कायम गरेको छ । यो साता समग्र बजारमा ३३.३६ अंकको बृद्धि देखिएको छ । बीमा र बैंक तथा वित्तीय समूहको सेयर कारोवारमा वृद्धि भएपछि समग्र साताभर बजार सकारात्मक देखियो । बीमा समूहको परिसूचक मात्रै ३३०.५३ अंकले बढेकाले अघिल्लो साताको बिहीवार बजार १६३२.९४ अंकमा पुगेर अडिएको थियो । यो साताको अन्तिम दिन बिहीवार बजार १८.७८ अंकले बढ्यो भने नेप्से परिसूचक १६६६.२९ अंकमा पुगेर अडिएको छ । यो दिन ३२ लाख २१ हजार २६ कित्ता सेयर किनवेचवाट एक अर्व ९८ करोड ९९ लाख २४ हजार ९ सय २१ रुपैयाँको सेयर कारोवार भएको थियो । बै.क समूहको सूचक २३.१७, बीमा समूहको ६९.६९, जलविद्युतको ४०.८३, उत्पादनमुलक समूहको सूचक ३४.८६ अंकले वढेको विहीवार फाइनान्स समूह वाहेक सवैको सूचक हरियो भएको थियो । होटल समूहको ११.२३, विकास बैंकको १२.९७ र अन्य समूहको १.१८ अंकको वृद्धि भएकोमा फाइनान्स समूह भने ६.९४ अंकले घटेको थियो । बुधवार बजार १८.७० अंकको वृद्धि सहित नेप्से परिसूचक १६४७.५१ अंकको विन्दुमा पुगेर अडिएको थियो । सो दिन १ सय ३६ कम्पनीका २२ लाख ९४ हजार ७ सय ३६ कित्ता सेयर किनबेचवाट एक अर्व ७८ करोड १७ लाख ५४ हजार ३ सय ८९ रुपैयाँ कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बीमा समूहले गर्दा सेयर बजार उचालिएको थियो । बीमाको परिसूचक २०३.९८ अंकले बढेको थियो भने जलविद्युतको ७५.३१, होटल समूहको ५३, उत्पादनमुलक समुहको परिसूचक ३५.८, बैकिङ समूहको सूचक १२.४८, बिकास बैंक समूहको १३.२७ र फाइनान्स ११.५७ अंकले बढेको थियो । यस्तै, मंगलवार सेयर बजार १३.७१ अंकले बढेको थियो । नेप्से परिसूचक १६२८.८१ मा पुगेर अडिएको थियो । एक अर्व २१ करोड कारोवार भएको सो दिन बीमाको सूचक १७३ अंक र बैंक समूहको सूचक ११ अंकले बढेको थियो । सोमवार भने नेप्से परिसूचक ७.१७ अंकले घटेको थियो । आइतवार १०.६७ अंकले घटेको नेप्से सोमवार पनि ७.१७ अंकले घटेपछि सेयर बजार एक साता अघिकै विन्दु १६१५ अंकमा पुगेको थियो । जलविद्युत र फाइनान्स समूह वाहेक अन्य सवै समूहको परिसूचक घटेको यो दिन एक सातादेखि वजारमा तहत्का मच्चाइरहेको बीमा समूहको सूचक भने १२८.३४ अंकले गिरावट आएको थियो । आइतवार पनि एक सय ३५ कम्पनीका १९ लाख ३१ हजार ९ सय ८० कित्ता सेयरको खरिद बिक्रिवाट एक अर्व ६५ करोड ६५ लाख ६२ हजार ८ सय ३८ रुपैयाँको कारोवार भएको थियो । बीमा समुहको सूचक १५५.०२, जलविद्युत समूहको १९.८८, बैंक समूहको १०.६६, अन्य समूहको ९.३९ र विकास बैंक समूहको सूचक ४.९३ अंकले गिरावट आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप