मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बाढीले बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित

शनिबार, ११ असार २०७३, ११ : ५७
शनिबार, ११ असार २०७३
लहान– अबिरल वर्षासँगै आएको बाढीले आज बिहानैदेखि सिरहाको डुमरी गाविस– ७ तिलुवास्थित घुर्मी खोलाको बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । एक सातादेखिको वर्षाका कारण आज बिहानैदेखि घुर्मीखोलामा आएको तीव्र गतिको बाढीले बाँध भत्काउन थालेपछि गाउँमा बाढी पस्ने भन्दै स्थानयवासी त्रसित बनेको गाविस सचिव हरिकृष्ण मैनालीले जानकारी दिए । बाढीले घुर्मी खोलाको बाँध टुटेको छ, गाविस सचिव मैनालीले भने–“जसका कारण गाविसको वार्ड नं ७ मा बाढीले ठूलो क्षति पु¥याउनसक्ने सम्भावना रहेको छ ।” यता सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जल उत्पन्न कार्यालय सिरहाबाट इन्जिनियरसहितको प्राविधिक टोली बिहानै त्यसतर्फ पठाएको जानकारी दिए । यस्तै अबिरल वर्षाका कारण सिरहा सदरमुकामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । सदरमुकामस्थित जिल्ला पशु कार्यालय, कृषि विकास, जिल्ला जनस्वास्थ्य, विद्युत् प्राधिकरण कार्यालय लगायतका कार्यालयमा पानी जमेका छन् । यसअघि हिजो सिरहाको लहानस्थित बलान खोलाबाट इलाका प्रहरी लहानले तीन जनालाई उद्धार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप