मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साठी लाखमा पैदलमार्गको स्तरोन्नत्ति

शनिबार, ११ असार २०७३, १२ : २६
शनिबार, ११ असार २०७३

बागलुङ–प्रशिद्ध धार्मिकस्थल बागलुङकालिका भगवती मन्दिर जाने पैदलमार्गको स्तरीकरण सुरु भएको छ । मुख्य प्रवेशद्वारदेखि मन्दिर परिसरसम्मको ६०० मिटरको बाटोमा आर्कषक ‘स्लेट’ ढुङ्गा विच्छाउन लागिएको छ ।

भक्तजनको सहज आवागमनको लागि पैदलमार्गको स्तरोन्नत्ति सुरु गरिएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

रु साठी लाखको लागतमा अघि बढेको योजनाको ५० प्रतिशत काम चालु आवभित्रसक्ने लक्ष्य लिइएको छ । समितिका अध्यक्ष राजु खड्काका अनुसार दुईसय ५० मिटरमा ‘स्लेट’ ढुङ्गा विच्छाउने काम पूरा भइसकेको छ । थप १०० मिटरमा असारभित्र काम पूरा गरी बाँकी रहेको काम अर्को वर्षसक्ने योजना रहेको अध्यक्ष खड्काले बताउनुभयो ।

पैदलमार्गको स्तरवृद्धिको लागि पर्यटन मन्त्रालयबाट रु २० लाख बजेट छुट्टिएको र बाँकी गुठीको आन्तरिक स्रोतबाट खर्च गरिने भएको छ ।

पैदलमार्गमा बागलुङ ताराखोलाको ‘स्लेट’ ढुङ्गा प्रयोग गरिएको छ । पाँच मिटर चौडाइको पैदलमार्गमा आकस्मिक घटना भएमा दमकल र एम्बुलेन्स लानसक्ने गरी निर्माण गरिएको छ । ‘मन्दिरमा आउने भक्तजन, पर्यटकको सुविधाका लागि पैदलमार्गको स्तरोन्नत्ति गरिएको हो, ‘स्लेट’ ढुङ्गा राखेपछि आकर्षण थपिएको छ, पर्यटनमैत्री बनेको छ, पैदलमार्ग’ अध्यक्ष खड्काले भन्नुभयो ।

मन्दिरको पञ्चवर्षीय योजना अन्तर्गत उक्त पैदलमार्गको स्तरीकरण गरिएको हो । गुठीले अन्य पूर्वाधार विकासका कामलाई पनि सँगसँगै अघि बढाएको छ ।

कालीगण्डकीको पानीलाई ‘पम्पिङ’ गरी मन्दिर परिसरमा ल्याएर नौधारामा खसाल्ने योजना पनि पूरा हुने चरणमा पुगेको छ । उक्त योजनाको ८० प्रतिशत भन्दा बढी काम पूरा भइसकेको गुठीले जनाएको छ ।

यसैवर्ष मन्दिर परिसरमा पनि ‘स्लेट’ ढुङ्गा विच्छाउने काम पूरा भइसकेको छ । जसले मन्दिरको आकर्षण बढाएको छ । पाँच सयवर्ष पुरानो ऐतिहासिक धार्मिक सम्पदाको रुपमा रहेको मन्दिरलाई भौतिक पूर्वाधारबाट सम्पन्न पार्ने लक्ष्य गुठी समितिको छ । समितिले मन्दिरलाई ‘विश्व सम्पदा सूचीमा’ सूचीकृत गर्न पनि पहल अघि बढाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप