मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हतियारसहित जमाल पक्राउ

शनिबार, ११ असार २०७३, १२ : ३०
शनिबार, ११ असार २०७३
बुटवल- प्रहरीले हतियारसहित रुपन्देहीको लुम्बिनीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । लुम्बिनीस्थित बुद्ध गार्डेन होटलबाट शुक्रबार राति लुम्बिनी सांस्कृतिक नगरपालिकाको एकला निवासी जमाल मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रातिको समयमा हतियारसहित होटलमा बसिरहेका बेला इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मुसलमानका साथबाट कटुवा पेस्तोल बरामद गरेको छ । उनलाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप