मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हुम्लामा अझै एचआइभी परीक्षण सेवा पुगेन्

शनिबार, ११ असार २०७३, १२ : ४१
शनिबार, ११ असार २०७३

काठमाडौँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हजार ५३८ जनाले नियमित रुपमा एचआइभीको औषधि सेवन गरिरहेका छन् ।

विसं २०५० बाट औषधि खुवाउन सुरु गरेको अस्पतालमा हालसम्म तीन हजार ७८१ जना बिरामीले एचआभी एड्स सङ्क्रमणको औषधि सेवन गरिसकेका छन् ।

अस्पतालका डा अनुप बास्तोलाले तीमध्ये एक हजार ३६० बिरामीलाई घरपायक औषधिको व्यवस्था मिलाई घर पठाइएको र ९० जना बिरामीको मृत्यु भइसकेको जानकारी दिए । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेलका अनुसार उपत्यकामा सुईद्वारा लागू पदार्थ सेवन गर्नेमध्ये ६।३६ प्रतिशत एचआइभी सङ्क्रमित छन् ।

उनले भने, ‘‘प्रत्येक २०० नेपाली युवामा कम्तीमा एकजनालाई एचआइभीको सङ्क्रमण छ । तीमध्ये धेरै लागू औषधको सेवन गर्ने, धेरै जनासँग असुरक्षित यौन सम्र्पक राख्ने संक्रमणको बढी जोखिममा छन् ।’’ उनले अनुमानित एक हजार ९६८ बालबालिकामा एचआइभीको सङ्क्रमण भएको उल्लेख गरे ।

सन् २०१५ को अनुमानित तथ्याङकअनुसार ३९ हजार ४९४ जनामा एचआइमी सङ्क्रमित छन् । तीमध्ये ०।२० प्रतिशत युवा रहेका छन् ।

केन्द्रका तथ्याङक अधिकृत वीरबहादुर रावलले केन्द्रले हालसम्म २७ हजार ४९४ जनामा एचआइभीको सङ्क्रमण भएको पाइएको र ११ हजार ९२२ जनाले औषधि खाइरहेको जानकारी दिए । निर्देशक डा पौडेलले सङ्क्रमित भइसकेका तर परीक्षणमा नआएका व्यक्तिको अवस्था थाहा पाउनु र उनीहरुबाट अन्य व्यक्तिमा सङ्क्रमण हुनबाट जोगाउनु चुनौती भएको बताए । हालसम्म हुम्लामा एचआइभीको परीक्षण सेवा पुग्न सकेको छैन । हुम्लामा एचआइभीका बिरामी कम भेटिएको र जनसङ्ख्या पनि कम भएकाले सेवा सुरु गर्न ढिलाइ भएको केन्द्रको भनाइ छ ।

केन्द्रले चाँडै नै परीक्षण सेवा पु¥याउने बताएको छ । परीक्षणपछि औषधि खानुपर्ने सङ्क्रमितका लागि ५९ जिल्लामा ६५ वटा औषधि सेन्टर राखिएको केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप