मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वेस्ट भर्जिनियाको बाढीमा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

शनिबार, ११ असार २०७३, १२ : ५२
शनिबार, ११ असार २०७३

वासिङटन- अमेरिकाको वेस्ट भर्जिनियामा आएको बाढीमा परी ज्यान जानेको सङ्ख्या २३ पुगेको समाचार छ ।

अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार सो क्षेत्रमा ठूलो सङ्ख्याका सर्वसाधारण नागरिक रुखमा चढेर तथा कतिपय स्थानमा घरको छाना र छतमा बसेर ज्यान जोगाइरहेका छन् ।

उद्वारकर्मीहरुले उद्वारको कार्यलाई तिब्रता दिएका छन् । अधिकारीहरुले भनेका छन् सो क्षेत्रमा क्षतिको मात्रा निकै ठूलो रहेको छ । उनीहरुले उद्वारको कामलाई निकै तदारुकता दिएका छन् ।

शुक्रबार दिउसोसम्ममा १४ जनाको मात्र निधन भएको थियो । राति अबेरतिर आएको बाढीमा परी थप नौ जनाको ज्यान गएको हो ।

एकजना आठ वर्षीय बालक उसको आमा र दिदीसँग हिँडीरहेका बेला अकस्मात आएको बाढीले बगाएको थियो । उसको शव तीन घन्टापछि भेटिएको थियो ।

यसरी बाढीमा पर्ने र भौतिक क्षति हुनेको सङ्ख्या निकै धेरै रहेको छ । सयौँ घर परिवार घरबारबिहीन भएका बताइएको छ ।

शुक्रबार अबेरसम्ममा कम्तीमा पनि ५०० जना मानिस बाढीका कारण अलपत्र परिरहेका छन् । उनीहरुले आफ्नो ज्यान मात्र जोगाउन सकिरहेकोले सेना र प्रहरीले उद्वारको कामलाई तिब्रता दिइएको जनाएका छन् ।

गए राति नै करिब १७ वटा शिविर बनाएर विभिन्न स्थानमा उनीहरुलाई राखिरहेका छन् । बाढीको प्रकोप कम भएको छैन ।

त्यसैले सुरक्षाकर्मीहरुले यस्तो अवस्थाका नागरिकलाई कतै पनि ननिस्किन र घर वा अन्यत्रै भएमा पनि सुरक्षितसाथ बस्न सूचना जारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप