मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किन हुन्छ बिहान र बेलुकाको समयमा बढी दुर्घटना ?

शनिबार, ११ असार २०७३, १३ : ०९
शनिबार, ११ असार २०७३
सिरहा –महिनाको अवधिमा सिरहामा भएको सडक दुर्घटनामा एक महिला सहित १३ जनाको ज्यान गएको छ, भने सय जना घाइते भएका छन् । घाइते मध्ये २३ जनाको अवस्था गम्भिर रहेको जिल्ला द्राफिक कार्यालय लहानले जनाएको छ । a गत जेष्ठ महिनाभरीमा भएको दुर्घटनामा सवैन्दा धेरै मोटरसाइकल दुर्घटनामा मानिसको मृत्यु भएको ट्राफिक इन्चार्ज इन्सपेक्टर आमोद खेरवारले बताए । जनचेतनाको अभाव र अनियन्त्रित ढंगले सवारी साधन चलाउँदा दुर्घटना हुने गरेको बताउँदै प्रहरीले मदिरा सेवनगरी सवारी चलाउँदा पनि दुर्घटना बढेको जनाएको छ । सवैभन्दा धेरै वेलुका पख र विहानको समयमा दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । वेलुकीपख गाडीको चाप बढी हुने र विहान चालक निदाउने र गन्तव्यमा पुग्ने ध्याउन्नले गति बढी हुँदा दुर्घटना बढी भएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप