मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

युएईबाट धुर्मुस सुन्तली फाउन्डेसनलाई अार्थिक सहयोग

शनिबार, ११ असार २०७३, १४ : २७
शनिबार, ११ असार २०७३

युएई - दुबईको ड्युटी फ्रीमा कार्यरत नेपालीहरुले धुर्मुस सुन्तली फाउन्डेसनलाई २ लाख ६० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको गिरानचौरमा निर्माणाधिन दोश्रो एकिकृत बस्ती निर्माण अभियानको लागि उक्त सहयोग प्रदान गरिएको हो ।

दुबईको एअरपोर्टको ड्युटी फ्रीमा झण्डै ५०० जना नेपालीहरु कार्यरत रहेको जनाइन्छ । उनिहरु मध्ये १३८ जना नेपालीहरुले उक्त रकम सन्कलन गरेर सुन्तली (कुन्जना घिमिरे) को नाम पठाएका हुन । सो कार्यको युएइको भरी सहयोग उठ्ने क्रम जारी छ।

उक्त बस्ती निर्माणमा झन्डै ५ करोड लागत लाग्ने जनाइएको छ । हाल सम्म देश बिदेश गरेर ३ करोड भन्दा बढी संकलन भएको बताईन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप