मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हिँडेर ३ घण्टामा पुगिने शान्तिपुरमा गाडी पुग्यो ५ दिनमा !

शनिबार, ११ असार २०७३, १५ : ००
शनिबार, ११ असार २०७३
गुल्मी– १५ किलोमिटर दूरी पार पर्न कति समय लाग्ला ? बढीमा आधा घण्टा । तपाईँले पनि यस्तै सोच्नु भयो होला । तर बुटवलबाट करिव ९० किलोमिटर दुरी पार गर्दै ५ घण्टामा गुल्मीको चोरकाटे आएका सवारी साधनहरु त्यहाँबाट जम्मा १५ किलोमिटर दुरीमा पर्ने शान्तिपुर भने ५ दिनमा पुगेका छन् । ‘ चोरकाटेबाट रुपाकोट हुँदै हिँडेका तीन वटा ट्रकहरु हिजो पाँच दिनपछि बल्ल शान्तिपुर आई पुगेका छन्, त्यो पनि पछाडिबाट डोजरले धकेल्दै ’– चोरकाटे शान्तिपुर मोटरबाटो मर्मत–सम्भार समितिका कोषाध्यक्ष जीवनमान श्रेष्ठले भने –‘ अझ थुप्रै वस ट्रकहरु त ५ दिन देखि उहि चोरकाटेमै अलपत्र छन् , जिविस रमिते बनेर वसी रहेको छ ।’ स्थानीय समाजसेवी तेजेन्द्र थापाका अनुसार चोरकाटेबाट शान्तिपुरसम्म हिडेरै ३ घण्टामा पुगिन्छ । उनी भन्छन् –‘शान्तिपुरमा गाडी चल्न थालेको ईतिहासमै पहिलो पटक यस पालीको वर्षायाममा तिन घण्टाको पैदल यात्रको वाटोमा पाँच दिन पछि ट्रकहरु चोरकाटेबाट शान्तिपुर पुगेका हुन् । ’ चोरकाटे रुपकोट शान्तिपुर मोटरबाटाको हविगत देख्दा किन मुकदर्शक बने होलान स्थानीय समाज सेवीहरु तथा सरोकारवाला ? भन्ने पनि लाग्न सक्छ । तर जिल्ला विकास समिति गुल्मीले प्रभावकारी काम गर्न नसक्दा जनताले यसपालीको वर्षायाममा सास्ती खेप्नु परेको हो । विगतका वर्षहरुमा सो सडक मर्मत सम्भार समितिले यातायता व्यवसायीहरुबाट वस र ट्रक प्रवेशको सय, जिपको ५० गर्दै शुल्क उठाउँथ्यो र शान्तिपुरका व्यवसायीहरुले समेत आफै रकम हालेर उक्त मोटरबाटो आफै मर्मत गरी यो वर्षाायममा दैनिक सवारी साधन सुचारु गर्दै आई रहेका थिए । तर गत वर्ष देखि जिल्ला विकास समितिले त्यसो गर्न रोक लगायो र उक्त सडक मर्मतको जिम्मा आफै लियो तर उसले जिम्मा लिए पछि यस्तो अविगत हुन गएको शान्तिपुरका समाजसेवी थापाले बताए । हिउँदभरी कानमा तेल हालेर बस्ने जव वर्षायाम सुरु भयो डोजर लगाएर बाटो खन्न सुरु गरियो , डोजरले जथाभावी सडक खन्दा गाडी चल्न कसकेको हो’– कोषाध्यक्ष श्रेष्ठले भने–‘ केहि दिन यता सवारी साधन बन्द हुँदा शान्तिपुर वजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । ’ चोरकाटे रुपाकोट सडक अवरुद्ध हुँदा शान्तिपुर, हर्राचौर, दिवु्रङ्ग, हरेवा, ग्वाघा , फोक्सीङ्ग, पुर्तिघाटको माथील्लो वस्ती, खड्गकोट , भुर्तुङ्ग सहित ९ वटा गाविस र छिमेकी जिल्ला वाग्लुङ्गका ३ गाविसका लाखौं जनता यति वेला ठुलो मर्कामा परेका छन् । यसबारे बुझ्दा स्थानीय विकास अधिकारी डिलाराम पन्थीले फोनमा आवाज नवुझिएको भन्दै जिल्ला ईन्जिनियरसंग कुरा गर्न आग्रह गरे । जिल्ला ईन्जिनियर प्रकाश थापा संग कुराकानी गर्दा उनलेसडक मर्मतको काम धमाधम भई रहेको बताए । भने –‘ स्थानीय उपभोक्ता समितिका पदाधिकारीहरु संग समन्वय गरी हामीले काम गरी रहेका छौं अव छिट्टै सुचारु हुन्छ । ९ करोड लागतमा चोरकाटे रुपाकोट शान्तिपुर वरेङ्ग सडक स्तरबृद्धि गर्ने जानकारी दिदै जिल्ला ईन्जिनियर थापाले यो वर्षायाममा कुनै पनि मोटर बाटोहरुमा डोजर सञ्चालन नभएको दाबी गरे । तर उनले त्यस्तो दावि गरी रहँदा त्यसै जिल्ला विकास समितिले सञ्चालन गर्ने सांसद विकास कोषको निर्वाचन क्षेत्र पुर्वधार विकास कार्याक्रमका सडकहरुमा धमाधम यति वेला डोजर चलिरहेको पाइएको छ । सो कार्याक्रमका अन्य विकास निर्माणहरुमा कतै कामै सुरु नभएको र कतै झारा टराई मात्र भएको समेत स्थानीयले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप