मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लोकल मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि मदिरा उत्पादक र बिक्रेता पक्राउ

शनिबार, ११ असार २०७३, १५ : ४२
शनिबार, ११ असार २०७३

बर्दिबास–लोकल मदिरा पिएर महोत्तरीको सहसौला ६मा डोम समुदायका एकै परिवारको पाँच जनाको मृत्यु भएपछि प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गर्ने उत्पादक र बिक्री गर्ने बिक्रेतालाई ६ दिन पछि शुक्रबार पक्राउ गरेको छ ।

घटनाभएदेखि नै फरार रहदै आएका सहसौला ६ बिर्ताका मदिरा बिक्रेता विनोद महरा र लोकल मदिरा उत्पादन गर्ने हात्तिलेट ४ कर्मटोकीका नथु लामा भन्ने जगतबहादुर बुलनलाई प्रहरीले पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए ।

विनोदले हात्तिलेटका जगत बहादुरले संचालन गरेको भट्टीबाट लोकल मदिरा खरिद गरी ल्याएर सहसौला ६ का ७० वर्षीय रामवृक्ष मल्ली डोमलाई बिक्री गरेका थिए । सोही मदिरा पिदा पाँच जनाको डोमको मृत्यु भएको थियो ।

मदिरा सेवनबाट मृतक रामवृक्षका आफनै परिवार र नातागोतामा पर्ने छोरा प्रगाश , छोरी कलावत्ती ,छोरी ज्वाइृ पञ्चार र सम्धी बद्री गरी पाँच जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना लगतै प्रहरीले अनुसन्धान थालेको थियो । अनुसंधानको क्रममा हात्तिलेट ४ कर्मटोकीमा जगत बहादुरले व्यवसायक रुपमा ठूलो परिमाणमा लोकल मदिरा उत्पादन गर्ने भट्टी संचालन गरेको भेटियो । विनोदले सोही भट्टीबाट खरिद गरी ल्याएको लोकल मदिरा पिउँदा उनीहरुको मृत्यु भएको प्रहरी प्रमुख एसपी भट्टराईले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । ‘पक्राउ परेका दुवै जनासँग वयान लिइएपछि घटनाबारे थप कुरा बाहिर आउने छ ’एसपी भट्टराईले भने । असार ४ गते शनिबार राति लोकल मदिरा सेवनपछि सहसौला– ६ का ७० वर्षीय रामवृक्ष मल्ली डोम, ४० वर्षीय प्रकाश मल्ली डोम र गौशाला ७ का पञ्चु मल्ली डोमको मृत्यु भएको थियो । उनीहरुसँगै मदिरा सेवन गरी सिकिस्त भएका औरही ३ का बद्री मल्ली डोमको असार ५ गते आइतबार साझँ जनकपुरमा उपचारका क्रममा मृत्यु भएको थियो भने शनिबार राति नै मृत्यु भएका गौशाला ७ का पञ्चु मल्ली डोमकी श्रीमती कलावती देवी डोमको धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप