मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रमजानको अबसरमा एनअारएन युएईको कार्यक्रम

शनिबार, ११ असार २०७३, १५ : ४४
शनिबार, ११ असार २०७३
युएई -गैरअावासिय नेपाली संघ (एनआरएन) युएईले मुस्लिमहरूको बिषेश पर्ब रमजानको अबसर पारेर इफ्तार कार्यक्रम गरेको छ।
हिजो युएईको शारजाह स्थित एक मजदुर क्याम्पमा मुस्लिम धर्मावलम्बी कामदारहरुलाई ईफ्तार कार्यक्रम अन्तरगत बिरानी बितरण साथै अाउदो इदको शुभकामना दिएको थियो।गैर आवसिय नेपाली संघ युएई शारजाह क्षेत्रीय समिती र दुबई क्षेत्रीय समितीको टोलि शुक्रवार शारजाहको ईन्टर प्लाष्ट कम्पनीको लेबर क्याम्प पुगि त्यहाँ रहेका एक सय मुस्लिम कामदारलाई रमजानको शुभकामना दिंदै ईफ्तार (बिरानी) वितरण गरेको हो ।
एनआरएनको टोलि मजदुर क्याम्प पुगि त्यहाँ रहेका अन्य मुलुक भारतिय नागरिक,पाकिस्तानी , बंगाली र नेपाली मुस्लिम धर्मावलम्बी कामदारहरुलाई बिरानी , पानी , फलफुल लगाएतका परिकार वितरण गरेको एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए।
उक्त कार्यक्रममा एनआरएन युएईका अध्यक्ष सुदिप कार्की , उपाध्यक्षद्वय रमेश श्रेष्ठ र नेत्र थनेत , प्रवक्ता बालकृष्ण मरासिनी , महिला संयोजक कल्पना राई , युवा संयोजक निश्चल दहाल , सदस्यहरू राजु केसि , कृष्ण आचार्य , रामचन्द्र डंगोल , गोपिकृष्ण पंगेनी , विष्णु सापकोटा , केन्द्रिय सल्लाहकार मेघराज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
यसरी लेबर क्याम्पमा गएर मुस्लिम धर्मालम्बीहरूलाइ इफ्तार (बिरानी) दिएको एन.अार.एन युएईको पोहिलो पटक हो। उक्त कार्यको युएई भरी निकै प्रंससा गरिएको छ।
यस्ता कार्यक्रम अब छिट्टै अबुधाबी,दुबईमा समेत आयोजना गरिने एन.अार.एन युएईले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप