मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल –बैंकक फेस्टिवल हुने

शनिबार, ११ असार २०७३, १५ : ४९
शनिबार, ११ असार २०७३
काठमाडौ–नेपाल र थाइल्याण्डबिचको द्धिदेशीय सम्बन्ध बिस्तार गर्ने लक्ष्यका साथ आगामी असोज दोस्रो साता राजधानीमा नेपाल बैंकक फेस्टिबलको आयोजना हुने भएको छ । सियाम लंचंग बैंककको आयोजनामा असोज १४ देखि १८ गते फेस्टिवल हुने भएको हो । नेपाल बैंकक फेस्टिवल २०१६ नाम दिएको सो कार्यक्रममा नेपाल र बैंककका गरि १ सय ५० भन्दा बढी व्यवशायिक प्रतिष्ठानहरुको सहभागिता रहने छ । नेपालका लागि थाई राजदुताबास तथा ललितपुर उद्योग वाणिज्य संघको विशेष सहयोगमा सम्पन्न हुन गैरहेको यस फेस्टिवलको मार्केटिंग पार्टनर गुड नेटवर्क तथा मार्केटर रहेका छन् । फेस्टिवलमा तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री र अन्य सामग्री प्रदर्शनीमा रहने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप