मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रालयको आदेशमा रोकियो अधिकृतको परीक्षा

शनिबार, ११ असार २०७३, १६ : २८
शनिबार, ११ असार २०७३

इटहरी– नगरपालिका स्तरीय कार्यक्रम अधिकृतको लिखित परिक्षा अन्तिम समयमा आएर स्थगित हुँदा एका एक शंका उत्पन्न भएको छ । सुनसरी जिल्ला विकास समिति, इटहरी उप–महानगरपालिका सहित सुनसरीका अन्य तीन नगपालिकालाई चहिने कार्यक्रम अधिकृतको पदपुर्तीका लागी आवेद खुलाइएको थियो । इटहरी उप–महानगरपालिकामा शनिवार हुन लागेको परिक्षाको अन्तिम तयारी सकिएको थियो । तर मन्त्रालयको आदेश भन्दै परिक्षा स्थगितको सुचना आए पछि परिक्षार्थी अन्यौलमा परेका हुन् । परिक्षाको तयारी गरिरहेका इटहरीका दिव्यराज गुरुङले अन्तिम समयमा आएर परिक्षा रद्ध भएको सुचना आएपछि आफु निराश भएको बताए । ‘मेहेनतका साथ परिक्षा लेख्ने तयारीमा लागेको थिएँ’, उनले भने , ‘अहिलेलाई परिक्षा स्थगित भएको छ भन्ने सुचना आउँदा अचम्म लाग्यो ।’ उनी सहित इटहरीमा एक जना कार्यक्रम अधिकृतका लागि १३ जनाको आवेदन परेको थियो । तर उमेर हद लगायत अन्य कारणले तीन जनाको आवेदन अस्वीकृत भएको थियो भने एक पदका लागी तीन आवेदक भिड्ने तयारीमा थिए । त्यस्तै जिविस सुनसरी, रामधुनिभासी नगरपालिका, दुहवीभलुवा नगरपालिका र इनरुवा नगरपालिकामा पनि एक पदका लागि करिव १० जनाले आवेदन दिएका थिए । इटहरी उप–महानगरपालीकाले एक सुचना जारी गर्दै शनिवार दिउसो १ बजे विश्व आदर्श कलेजमा हुन लागेको परिक्षा स्थगीत भएको सुचना टासेको थियो । कार्यक्रम अधिकृत सयुत्त परिक्षा समितिको निर्णय सुनाउँदै इटहरी उपमाहानगरपालीकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको परिक्षा स्थगन गर्ने परिपत्र आए अनुरुप नै अर्को सुचना नआउनजेलका लागि स्थगीत गरिएको जानकारी दिए । कार्यक्रम अधिकृतको ५ पदका लागि करिव ५० जनाको आवेदन परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप